मुलुकको समृद्धीको आधार लुम्बिनी को बिकास, राष्ट्रपती भण्डारी 

 

मुलुकको समृद्धीको आधार लुम्बिनी को बिकास, राष्ट्रपती भण्डारी

मंसिर २२  राष्ट्रपती बिध्यादेवी भण्डारीले बुद्धका बिचार शान्ती र समृद्धीको आधार भएको
बताएकी छन् ।

लुम्बिनी स्थित लुम्बिनी बौद्ध बिश्वबिधालयमा आयोजना भएको १४ औ बार्षिक
उत्सव तथा भवन उद्धघाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकमा ठूलो
राजनीतिक परिवर्तनपछि समग्र विकासको बाटो खुलेको बताउदैं परिवर्तित
सन्दर्भलाई आत्मसाथ गर्दै अगाडी बढ्न सबैलाइ आग्रह समेत गरेकी छन् ।

लुम्बिनी विश्वविद्यालय बौद्ध दर्शन र साहित्यको प्रबद्र्धन गर्ने उद्धेश्यले स्थापीत
भएको बताउदैं विश्वविद्यालयले बौद्धकालमा सृजित ज्ञानलाई खोजी संबद्र्धन गर्नुका
अतिरीक्त नयां ज्ञानको पनि खोजीमा ध्यान दिनुपर्नेमा जोड दिईन् ।

देश समृद्धिको बाटोमा अगाडी बढाउनको लागि लुम्बिनी, तिलौराकोट,
रामग्रामलाई चक्रपथको रुपमा विकास गरी अन्य स्थानहरु समेत जोडेर बुद्ध
परिपथको निर्माण गर्नु आवश्यक रहेको उनको भनाई थियो । उनले गौतम बुद्ध
अन्र्ताष्ट्रिय विमान स्थले विदेशी पाहुँनाहरुको लागि पनि स्तरिय सेवा प्रदान
गर्न आवश्ह्यक रहेको बताईन् ।

पर्यटन पुर्वाधार विकासको लागि सरकारी, सहकारी र नीजी क्षेत्रको विचमा
सहकार्य आवश्यकता रहेको बताईन् । समारोहमा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख
उमाकान्त झा ले विश्वमा शान्तिको सन्देश प्रवाह गर्नमा विश्व विद्यालयले भूमिका
खेल्ने बताए । उनले लुम्बिनी रामग्राम, तिलौराकोट लगायतका ऐतिहासिक
क्षेत्रको खोज र अनुसन्धान गर्नमा विश्व विद्यालयको भुमिका महत्पुर्ण हुने बताए

कार्यक्रममा बोल्दै संघीय सरकारका संस्कृती, पर्यटन तथा नागरीक उड्यान मन्त्री
तथा लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका रविन्द्र अधिकारी ले लुम्बिनी
बौद्ध विश्वविद्यालयको विकासकोलागी लुम्बिनी विकास कोषले आफ्नो
आम्दानीको ५ प्रतिशत सहयोग गर्नेगरी निर्णय गरेको बताए । लुम्बिनी विश्व
विद्यालयको प्रगती र समृद्धिको लागि जहिले पनि अहिलेको प्रतिष्पर्धामा खरो
रुपमा उपस्थिती हुने उनले बताए । भैरहवामा निर्माणाधीन अवस्थामा रहेको
गौतम बुद्ध अन्तराष्टिय विमानस्थल अवको ९ महिना भित्रमा सञ्चालनमा आउने उनले
बताए । कार्यक्रममा विश्वविद्यालयका निमित्त उपकुलपति तिलक आचर्यले २०६१ सालमा
स्थापना भएको विश्वविद्यालयको भौतिक र प्राज्ञिक विकासमा सबैको सहयोगको
अपेक्षा रहेको बताए ।

यस्तै कार्यक्रममा क्याम्पसका संस्थापक प्रमुख इन्द्र काफ्ले, पुर्व उप कुल पती
प्रा.डा. नरेशमान बज्राचार्य र प्रा.डा त्रिरत्नलाल बज्राचार्य, यस्तै पुर्व रजिष्टार
पिताम्बर लाल यादव लाई समेत सम्मान गरिएको थयो । यस्तै भिक्षणु धम्मपती
गुरुमा , श्रीधरराज राण रिम्पोचे, ज्ञानुपूृर्णीक महास्थविर , हेम्मंग चुङ्गे
हाम्पोचे लाई बौघ विद्धानको रुपमा सम्मान गरिएको थियो । सो अवसरमा
विश्वविद्यालयका छात्रा, छात्रा आवस, पदाधिकारी तथा कार्यलय भवनगरी ७ वटा भवनको
डिजीटल प्रविधीबाट उद्घाटन गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.