बालिका बलत्कार घटनामा खत्री संलग्न भएको पुष्टी जवरजस्ती करणी सम्बन्धी कसूर मुद्दा दर्ता

 

बुटवल, २३ मंसिर । गएको शुक्रबारराति देवदहकी पाँच वर्षिया बालिकालाई
बलत्कार गर्ने जीवन खत्री रहेको प्रहरीले पुष्टी गरेको छ । देवदह नगरपालिका
वडा नम्बर– ७ बस्ने १७ वर्षिय जीवन खत्री रहेको प्रहरीले जानकारी दिएको हो
। इलाका प्रहरी कार्यालय, बुटवलले आइतबार पत्रकार सम्मेलन गरी सामूहिक बलत्कार
नदेखिएको र खत्रीले आफू घटनामा संलग्न भएको स्वीकार गरेको जानकारी
गराएको छ ।
इप्रका, बुटवलका प्रहरी नायव, उपरीक्षक डिलबहादुर मल्लले घटनामा अनुसन्धानका
लागि ६ जनालाई नियन्त्रणमा लिइए पनि खत्रीको मात्रै संलग्नता देखिएको बताए ।
मल्लले भने, ‘उनलाई अहिले जवरजस्ती करणी सम्बन्धी कसूर मुद्दा दर्ता गरी थप
अनुसन्धान भइरहेको छ ।’
खत्रीले पीडित बालिका घरमा एक्लै खलिरहेको अवस्थामा फकाएर देवदह वडा ५
सिद्धार्थ कोलनी स्थित खुल्ला टहरोमा लगेर जवरजस्ती करणी गरेको अनुसन्धानबाट
खुलेको छ । पीडित बालिकाको अहिले बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा
उपचार भइरहेको छ । खत्रीलाई प्रहरीमा दाउन्नेबाट पक्राउ गर्न सफल भएको
थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.