मानव अधिकार दिवसमा बुटवलमा प्रभातफेरि मानव अधिकार मैत्री कानुन बनाउने मन्त्री गिरीको प्रतिबद्धता

 

 

२४ मंसिर बुटवल ।
७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अबसरमा बुटवलमा प्रदेश ५ सरकार र मानव अधिकारको पक्षमा काम गर्ने बिभिन्न संघ संस्थाले प्रभातफेरि निकालेका छन् ।
बुटवलको राजमार्ग चौरहाबाट शुरु भएको ब्याण्डबाजा सहितको प्रभातफेरि अस्पताललाइमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रदेश ५ का वन वातावरण उद्योग पर्यटन मन्त्री लिला गिरीले प्रदेश सरकारले मानव अधिकारमैत्री कानुन बनाउने प्रतिबद्धता जनाए । उनले लामो समयदेखि नेपाली जनताले अन्यायका बिरुद्ध लडेको स्मरण गर्दै अबको पुस्ता लैङ्गीक,जातीय,बर्गिय रुपमा अन्यायमा पर्न नहुने मन्त्री गिरीको धारणा छ ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ट उपसभापति गोबिन्द खनालले राज्य नै मानवअधिकारको बिपक्षमा उभिएको आरोप लगाए ।
राज्यले निर्मला काण्डको हत्यारा पत्ता लगाउन आलटाल गरेको भन्दै निरीह गृहमन्त्रीले काम गर्न सकिन भन्दै हासीहांसी राजीनामा दिनुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्य,मानव अधिकार आयोग प्रदेश ५ का प्रमुख पवन कुमार भट्ट,मानव अधिकार तथा शान्ति समाजका रुपन्देही सभापति डिपी खनाल,इन्सेक रुपन्देहीका प्रतिनिधि रिमा बिसी,ब्लु डाइमण्ड सोसाइटी रुपन्देहीका अध्यक्ष आनिक राना,शान्ति समाजका सचिब अर्जुन ज्ञवाली लगायतले बोल्दै मानव अधिकार माग्ने र कसैले दिने चीज नभएकाले राज्यले जनतालाई मानव अधिकारको प्रत्याभूति दिलाउनुपर्ने बताए ।
प्रदेश न ५ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,आन्तरिक मामिला तथा कानुन मन्त्रालय,मानव अधिकार आयोग प्रदेश ५ कार्यालय,मानव अधिकार तथा शान्ति समाज रुपन्देही,ब्लु डाइमण्ड सोसाइटी लगायतका संघसंस्थाले प्रभातफेरि निकालेका हुन् ।
यसअघि दिवसकै पूर्वसन्ध्यामा आइतबार बेलुका बुटवलको राजमार्ग चौराहामा संयुक्त रुपमा मैनबत्ती समेत बालिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.