कलाकारले दर्शकलाई मेला तर्फ आकर्षित गराए

भैरहवा, २५ मंसिर ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ को छैठौ दिन मंगलबार कलाकारले दर्शकलाई मेला तर्फ आकर्षित गराएका छन् ।
‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नाराका साथ आयोजना भएको महोत्सवमा लोकगायिका मञ्जु पौडेल, विधान कार्की, एक खुट्टामा नृत्य गर्ने रोमा न्यौपाने र ख्याती प्राप्त आधुनिक पप् गायिका रेश्मा पून लगायतले प्रस्तुती दिने क्रममा आफ्नो प्रस्तुतीबाट दर्शकलाई मेलातर्फ आकर्षित गराएका हुन् । यसै बीच मेलामा भ्वाइस अफ भैरहवा र नृत्य प्रतियोगिता पनि जारी रहेको छ । हाल सम्म भ्वाइस अफ भैरहवामा ५ जना र नृत्यमा ७ जना कलाकारको प्रस्तुती बाँकी रहेको महोत्सवका प्रचारप्रसार समिति संयोजक गोबिन्द ज्ञवालीले जानकारी दिए ।
तराईमा निकै लोकप्रिय रहेको कुस्ती खेलको प्रतियोगिता जारी छ । ग्रामीण क्षेत्रबाट आउने दर्शकहरुलाई मध्यनजर गर्दै महोत्सवमा कुस्ती खेल आयोजना गरिएको कुस्ती संयोजक गंगासागर अग्रहरीले बताए । कुस्ती प्रतियोगितामा भाग लिन भारतको दिल्ली देखी हरियाणा सम्मको पहलमान भैरहवा आएका छन् ।
चार दिन सम्म चल्ने कुस्तीमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई २१ हजार र तेस्रो हुनेलाई ११ हजार नगद राशी पुरस्कार दिने जानकारी कुस्ती संयोजक अग्रहरीले जानकारी दिए ।
मेलाामा मायादेवी पेभिलियन समेत गरी २ सय ७५ स्टलहरु रहेका छन् । कृषि पेभिलियन तर्फ २० हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५ अटोमोबाईल तर्पm १३, बैक तथा वित्तिय संस्था ५, होटल तथा रेष्टुरेन्ट तर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटीक ४, शैक्षिक परामर्श, २, फुटवयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा रहेका छन् । ११ दिनसम्म चल्ने मेलाामा २ लाख ५० हजार दर्शक ल्याउने र करीब १० करोडको कारोवार गर्ने आयोजकको लक्ष्य छ ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा प्रदेश नम्बर ५ प्रमुख मध्ये दुई गन्तव्य लुम्बिनीको मायादेवी मन्दिर र नेपालको ताजमहलको रुपमा परिचित रानीमहलको आकृतिको निर्माण गरिएको छ ।
बुधबार (आज) महोत्सवमा आधुनिक गायिका मेलिना राई, नेपाल आइडल प्रतियोगी अफसर अली, लोकदोहोरी गायक बाल चन्ı बराल, आरती रुसाल लगायतको प्रस्तुती रहनेछ । त्यसै गरी मेलामा साँझ १ घण्टा डिजे कार्यक्रमको पनि व्यवस्था गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.