न्यू होराइजनमा परम्परागत पोशाक प्रतियोगिता,

न्यू होराइजन अङ्ग्रेजी आवासीय मा।वि बुटवलमा अन्तरसदनात्मक परम्परागत पोशाक प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा कक्षा ८,९र १० बाट १ सय ५० बिद्यार्थीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीहरुको धर्म संस्कृतिको संरक्षण र संबद्धन गर्नका लागि गरेको यसप्रकारको कार्यक्रमले उर्जा थपेको बताउनुभयो।
उहाले न्यू होराइजन सामाजिक तथा सांस्कृतिक क्लवले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्नुभयो । न्यू होराइजनका उपप्राचार्य बालकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का उपप्राचार्य बासुदेब अर्याल,राजीब श्रेष्ठ,कार्यक्रम संयोजक कल्पना पाण्डे,क्लवका अध्यक्ष सुदिप पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रममा निर्णायकहरु दुर्गा गुरूङ,एलिजा तुलाधर ,लोकेन्द्र शाह र जगत राना रहेका थिए भने सो कार्यक्रमको संचालन अनुष्का श्रेष्ठले गरेकी थिइन् । सबै धर्म समुदायको संस्कृति झल्काउने गरि स्कुलमा पहिलो पटक यसप्रकारको कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक कल्पना पाण्डेले बताउनुभयो ।
प्रतियोगितामा गंगालाल सदन प्रथम ,शुक्रराज सदन द्वितिय र दरशथ सदनले तेश्रो स्थान हासील गरेको विद्यालयका शिक्षक प्रकाश गौतमले बताउनुभयो ।
विजेता बनेका गंगालाल सदनबाट रितिका यादब विद्या बलाल, स्नेहा पुन ,शुक्रराज सदनबाट सकिरा थकाली,क्रितेश काफ्ले,इरुप बानु,रजनी बलामी र दरशथ सदनबाट लक्ष्मी श्रेष्ठ ,आरजी लम्साल,सुप्रिया गौतम,हिमानी श्रेष्ठलाइ मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सर्वोत्कृष्ट पोशाकमा विद्या बलाललाई पुरस्कृत गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.