पाठ्यपुस्तकहरु डिजिटलाइज हुनुपर्छःअन्य पाठ्यक्रमको पुस्तक विद्यार्थीलाई लागू गर्न दवाव नदिनुहोला मन्त्री बराल

पाठ्यपुस्तकहरु डिजिटलाइज हुनुपर्छः मन्त्री बराल

बुटवल, मंसिर २९ । प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री शुदर्शन बरालले
पाठ्य पुस्तकहरू डिजिटल प्रणालीमामा लैजानुपर्ने बताएका छन् । अब कागतको
मात्र पाठय पुस्तकहरू मात्र हुन नहुने बताए ।
नेपाल पुस्तक तथा स्टेशनी व्यवसायी महासंघको प्रथम अधिवेशनको शनिबार
बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले अब डिजिटल युगमा पाठयपुस्तकहरू पनि
डिजिटलाइज प्रणाली उन्मुख हुनुपर्ने भन्दै त्यसको लागि स्टेशनी व्यवसायीहरू
खोज अनुसन्धान गर्न आवश्यक रहेको बताए । त्यसको लागि सहकार्य गर्न प्रदेश
सरकार तयार रहेको बताए ।
बरालले पुस्तक व्यवसायीलाई कमिसनको खेलमा नलाग्न समेत आग्रह गरे । ‘विरामी
जाच्ने चिकित्सकले औषधि व्यवसायीको सिफारिस गरेको औषधिको नाम दिन्छ
भन्ने सुनेको छु’ मन्त्री बरालले भने, ‘पुस्तक व्यवसायीहरू पनि पाठ्यक्रम र
शिक्षा मन्त्रालयले निर्धारण गरेको पुस्तक भन्दा अन्य पाठ्यक्रमको पुस्तक
विद्यार्थीलाई लागू गर्न दवाव नदिनुहोला ।’ मन्त्री बरालले पेशागत मर्यादालाई
कायम राखेर काम गर्न व्यवसायीहरूलाई सुझाव पनि दिए ।
सरकार शिक्षा नीतिलाई व्यवसायिक तथा उत्पादनमुखी जनशक्ति उत्पादन गर्ने तर्फ
लागि रहेको भन्दै उनले व्यवसायिहरुले सामाजिक उत्तर दायित्व सम्झी नीति
निमार्णमै सहभागि हुन आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हरि अर्यालले सरकार निजी क्षेत्रको हितभन्दा बढी अहितमा लागेको बताए ।
पाँच नम्बर प्रदेशका १२ जिल्लाको विवरण प्रस्तुत गर्दै आफूहरु व्यवसायि मात्र
नभई समाज रुपान्तरणको अभियान्ता भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी
महासंघ पाँच नम्बर प्रदेशका संयोजक दीवाकर घिमिरेले बताए । कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण पाण्डे उपाध्यक्ष प्रभात सुवेदि महासचिव नवनिधि पन्त रिषिराम शर्मा हेमानन्द शर्मा
नेपाल च्याम्वर्स अफ कर्मशका केन्द्रिय सदस्य टंक पोखरेल, उद्योग व्यपार संघठनका
खिम नारायण पराजुली, व्यवसायि हेमन्त शर्मा,यमलाल लोहोनि त्रिलोचन ज्ञवाली पवित्रा केसी रामकृष्ण चापागाइ लगाएतले
कार्यक्रममा बोल्नुभएको थियो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ
पाँच नम्बर प्रदेशको आजबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व समेत चयन
गर्ने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.