जनजागृति माविको स्वर्ण महोत्सवको तयारी पुरा महोत्सवको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्दै

बुटवल । मंसिर २९ । गुल्मी जिल्लाकै शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान दिएको हुँगास्थित जनजागृति माध्यामिक विद्यालयको स्वर्ण महोत्सव पुस १ गतेदेखि शुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महोत्सवको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्दैछन् ।
महोत्सवको सबै तयारी पुरा भएको र पाँचदिनसम्म विभिन्न साँस्कृतिक कार्यक्रम तथा मौलिक वाजागाजा र सम्मान लगायत विविध कार्यक्रम सहित मनाइने मुल समारोह समितिका संयोजक महेश्वर भण्डारीले जानकारी दिए ।
२०१६ सालमा स्थापना भै ०२४ सालमै माध्यामिक विद्यालय बनेको जनजागृति माविमा त्यो बेला छिमेकी बलेटक्सार, पल्लिकोट, चोरकाटे, जुगुम लगायतका गाउँबाट र छिमेकि जिल्ला पाल्पा, अर्घाखाचि,बाग्लुङ लगायतकाजिल्ला बाट समेतका विद्यार्थीको पठनपाठनको केन्द्र थियो । यो विद्यालयले उत्पादन गरेका हजारौ विद्यार्थी देश विदेश सफल भएका छन् ।
राजनीतिक, प्रशासनिक र व्यवसायिक तथा सामाजिक क्षेत्रमा मुलुककै उच्च तहमा समेत यहाँका पूर्व विद्यार्थीहरु कृयाशिल छन् ।
अहिलेपनि यो विद्यालयले शैक्षिक सफलतासँगै जिल्लास्तरीय क्रिकेट, भलिबल लगायतका खेलकुद तथा अन्य अतिरिक्त कार्यक्रममा समेत उत्कृष्ठ नजिता हासिल गर्दै आएको छ ।
समारोह सफल बनाउन नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद चन्द्र भण्डारी, प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुर्दशन बराल, गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ लगायत पनि हुँगा पुग्दैछन् ।
३ गते गाउँपालिकाका ८ वटा मावि स्तरीय हाजिरिजवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । कार्यक्रममा विद्यालय गान विमोचन र विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुस्कार वितरण गरिने विद्यालयका प्राध्यानाध्यापक कमला भण्डारीले जानकारी दिइन् । महोत्सब लाई भब्य सब्य बनाउन अहिले पुरै यसैमा लागी प्रचार प्रसार संयोजक विष्णु गाहाले बताउनु भयो ।
महोत्सवमा नारनप्रसाद भण्डारी र झविन्द्र भण्डारी लगायत १७ जना विद्यालयका संस्थापकहरुलाइ सम्मान गरिनेछ । यस्तै वरिष्ठ गायक पुरुषोत्तम न्यौपाने, संगितकार रोहित सुवेदी लगायतको पनि प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक पिताम्वर भण्डारीले जानकारी दिए ।
स्वर्ण महोत्सव अवधिभर मुल समारोह समितिका उपसंंयोजक यमलाल भण्डारी, गाउँपालिका १ का वडाध्यक्ष धातानन्द भण्डारी,आर्थिक समितिका संयोजक बिष्णुप्रसाद भण्डारी लगायतले पनि समन्वय गर्नेछन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.