नौ महिना मै देशको परराष्ट्र सम्वन्धमा चामत्कारिक परिवर्तन भयो ः ज्ञवाली

पुस २
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले सरकार बनेको नौ महिना मै देशको परराष्ट्र सम्वन्धमा चामत्कारिक परिवर्तन भएको बताउनुभएको छ । उहाँले हाल नेपालसंग भएका १ सय ६३ देश संगको कुटनीतिक सम्वन्धले त्यसको पुष्टी गर्ने बताउनुभयो ।
गृह जिल्ला गुल्मीको छत्रकोट गाउपालिका वडा नम्वर एकमा रहेको जनजागृति माध्यमिक विद्यालयको स्वण महोत्सवको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अहिलेको सरकारले परराष्ट्र नीतिलाई सन्तुलित बनाएको भन्दै देशले अव कहिल्यै नाका बन्दी बेहोर्नु नपर्ने बताउनुभयो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले १७ वर्षपछि अमेरिका र नेपालबीचको सम्बन्ध नयां उचाईमा पुगेको बताउदै यसअघि अमेरिकाले नेपाललाई दिल्लीको आंखाबाट हेर्ने गरेकामा पहिलोपटक अमेरिकी विदेशमन्त्रीले आफूलाई औपचारिक वार्ताका लागि निमन्त्रणा गरेको उनले बताए
आफूले दुनियाको नजरिया परिवर्तन गर्न अमेरिकी विदेश मन्त्रीको औपचारिक निमन्त्रणमा अमेरिका जान लागेको बताउनुभयो ।
नेपालले गरेका पछिल्ला प्रगतिहरुका विषयहरुमा विश्वले चाँसो राखेको भन्दै नेता ज्ञवालीले अन्य मित्र राष्ट्रहरु संगको सम्वन्ध पनि सोही रुप्मा अघि बढ्ने बताउनुभयो । मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसंग वार्ताले दुई देशबीचको सम्बन्धमा नयां आयाम थपिने दावी गरे । १७ वर्षको अन्तरालमा अमेरिकाले नेपाललाई महत्व दिएर औपचारिक वार्ताका लागि निम्ता दिनु नेपालको परराष्ट्र सम्बन्धमा महत्वपूर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले तर्क गरे । दुई देशका परराष्ट मन्त्रीबीचको वार्तामा आफूले तीनै तहका चुनावपछिको नेपालको अवस्था,नेपालका विकासका प्राथमिकता, लगानीका संभावनाका क्षेत्र आदि विषयमा छलफल हुने र यो वार्तापछि अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने मन्त्री ज्ञवालीले बताए । अमेरिकी विदेशमन्त्रीसंग आफूले नेपालको सशष्त्र युद्धलाई आफ्नै मौलिक ढंगले शान्ति प्रक्रियामार्फत रुपान्तरण गरेको, संविधानसभाको चुनावमार्फत संविधान निर्माण,गणतन्त्र र संघीयता कार्यान्वयन लगायतका उपलब्धीबारे जानकारी गराउने मन्त्री ज्ञवालीले बताए । चुनावपछि दुई तिहाई वहुमतसहितको बलियो सरकार बनेपछि नेपालप्रति विश्वको चासो बढेको उनले बताए । वर्तमान सरकार बनेपछि भारत र चीन दुबैसंग परराष्ट्र सम्बन्ध विश्वसनीय बनेको र चीनसंग आठ वटा नाकाबाट सडक खोल्ने प्रकृयामा रहेकाले अब नेपालमाथि कसैले नाकाबन्दी लगाउन नसक्ने मन्त्री ज्ञवालीले उल्लेख गरे । ५ वर्षभित्रै नेपालमा रेल र पानी जहाज चल्ने,तीन वर्षभित्र विकाशशील राष्ट्रमा पुग्ने,१० वर्षभित्र वाध्यताले विदेशमा रोजगारी जानुपर्ने वाध्यताको अन्त्य गरिने उनले दावी गरे । फरक प्रसंगमा उनले विगतको माओवादी युद्धकालमा शिक्षामा लगाउनुपर्ने लगानी गोला बारुद्धमा खर्च गर्नुपरेकाले नेपालको शिक्षा पछाडि परेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारी शिक्षक शिक्षिकाले आफ्ना छोराछोरीलाई पनि सरकारी विद्यालयमा पढाउन आग्रह गरे । आफ्ना छोरा छोरी बोर्डिङ पढाउने अनि आफूले सरकारी विद्यालयमा जागिर खाने कुराले सरकारी विद्यालयको गुणस्तर माथि उठ्न नसकेको उनले औंल्याए । अबको शिक्षा रोजगारमूलक र सीपमूलक हुनुपर्नेमा मन्त्री ज्ञवालीको जोड थियो । उनले सो विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरिदिने वाचा समेत गरे । मन्त्री ज्ञवाली (आइतबार ) राति नै अमेरिका प्रस्थानगरेका छन । उनी पुस ८ गते स्वदेश फर्किंदैछन् । हुंगा पुगेका थिए । उनलाई स्वागत गर्न गाउपालिकाका विभिन्न स्थानबाट सर्वसाधारणहरुविद्यालयका विद्यार्थी शिक्षकहरु उपस्थित थिए । कार्यक्रममा प्रदेशसभा सदस्य कमलराज श्रेष्ठ छत्रकोट गाउपालिका अध्यक्ष मधुकृष्ण पन्त वडा नम्वर एकका वडा अध्यक्ष धातानन्द भन्डारी, मुल समारोह समितिका सह संयोजक यमलाल भण्डारी, विद्यालयका प्रधानाध्यापक कमला भन्डारी, विपि विचार मञ्चका देवेन्द्र पौडेललगाएतले बोल्नुभएको थियो । भने दानविर हरुलाई सम्मान गरीएको थियो
महोत्सवकै अवसरमा पत्रकार रामकृष्ण भण्डारीको शव्द तथा रोहित सुवेदीको संगित तथा सीता भन्डारीको स्वरमा तयार गरिएको विद्यालयको गितको समेत विमोचन गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय गायक पुरुषोत्तम न्यौपाने रोहित सुवेदि स्थानिय कलाकार लगाएतका कलाकारहरुले प्रस्तुति दिनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.