लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय ब्यापार मेलाको तयारी पुरा मेलामा ६ सय बढी स्टल

 

३ पुस, बुटवल । स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार , शहर देखि गांउ
सम्म ब्यापार बिस्तार भन्ने मुल नाराका साथ आगामी पुस ५ गते देखि बुटवलमा
संचालन हुने लुम्बिनी एक्स्पो २०१८ अन्तराष्ट्रिय ब्यापार मेलाको तयारी पुरा
भएको छ ।आयोजक रुपन्देही ब्यापार संघले आज पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पुरा                            भएको जनाएको छ । बुटवल मण्डपमा संचालन हुने रहने र
नेपाल लगायत बिदेशमा उत्पादित वस्तुहरुको समेत प्रदर्शन गरिने आयोजकले
जानकारी दिएको छ । स्वदेशी उत्पादनका ५ सय बढी स्टरका साथै अन्तराष्ट्रिय
स्तरका ३० स्टल बुक भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पत्रकार
सम्मेलनमा बोल्दै संघका अध्यक्ष पदम श्रेष्ठले १० लाख दर्शकले मेलाको अवलोकन
गर्ने र ४० करोडको कारोबार हुने दाबी गरे ।

मेलाको आकर्षणका लागि सन १८७१ मा नेपाली सेनाले अंग्रेज सेनामा माथि
बिजयी हासिल गरेको जितगढी किल्लाको प्रतिक मेलामा बनाईएको छ । नेपाली
सेनाको सहयोगमा तयार पारिएको किल्लामा तत्काल प्रयोग भएका हतियारका
प्रतिक समेत राखिने आयोजकले बताएको छ ।

मेलामा डान्स आईडल ,राष्ट्रिय स्तरको खुला पुरुष भलिवल प्रतियोगिता ,
पर्यटन, कृषि, व्यवसायीक सचेतना गोष्ठि , फोटो प्रदर्शनी र चित्रकला
प्रतियोगिता आयोजकना गरिएको उनले जानकारी दिए । एक्स्पोको पुर्व
सन्ध्यामा पुस ४ गते मेला स्थल बुटवलमण्डपबाट बिभिन्न जात जाति, धर्म,
समूदायको लोक संस्कृति झल्किने खालका झाँकी सहित जनचेतनामूलक ¥यालीले
बुटवल बजार परिक्रमा गर्ने छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.