विपक्षीको सुझावलाई औषधी मानेर ग्रहण गर्नुपर्छ अनि प्रतिपक्ष पनि सत्तापक्षभन्दा बढी जिम्मेवार बन्नुपर्छ –काँग्रेस नेता चन्द्र भण्डारी

 

बुटवल । पुस ५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद चन्द्र भण्डारीले देश बनाउने हो भने सत्तापक्षले विपक्षीको सुझावलाई औषधी मानेर ग्रहण गर्नुपर्ने रप्रतिपक्ष पनि सत्तापक्षभन्दा बढी जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । गुल्मीको छत्रकोट गाउँपालिका १ हुँगास्थित जनजागृति माध्यामिक विद्यालयको स्वर्ण महोत्सव समारोह समापनका अवसरमा नेता भण्डारीले राजनितिक आस्था भन्दा गाउँको बिकासमा केन्द्रित हुनुपर्नेमा जोडदिनुभयो । उहाँले भन्नुभयो– हाम्रो चाहाना समाज बनाउने र देश बनाउने हुनुपर्छ । हुँगालाई मात्रै हैन गुल्मी र नेपाललाइ नै नमुना बनाउनुपर्छ ।
आज प्रदेश पाँचमा जम्मा पन्ध्र अर्ब पैसा रहेछ । संविधान बनाउँदा यति धेरै संरचना बनेकी साढे १० अर्ब त तलवमै जान्छ । त्यसैले अब काँग्रेस र कम्युनिष्ट भनेर झगडा गर्न हुन्न । विकासमा सबै एक हुनुपर्छ ।
हुँगाले देशको विकासमा योगदान दिने कैयौ ब्यक्तिहरु जन्माएको छ । यही जनजागृति माविबाट पढेका ब्यक्तिहरु अघि बढेका छन् । त्यसैले नेपाललाइ सहि बाटोमा लानुपर्छ । सत्तापक्षले त प्रतिपक्षको सुझावलाई औषधी मानेर ग्रहण गर्नुपर्छ । अनि प्रतिपक्ष सत्तापक्षभन्दा जिम्मेवार बन्नुपर्छ । नेकपाभित्र दुइतिहाइको सत्ता छ त्यहाँ पनि झगडा छ । प्रतिपक्षमा केही पनि छैन र पनि काँग्रेसमा भित्रै झगडा छ । त्यसैले अब देश पुराना नेताहरुबाट बन्दैन । उहाँहरुलाइ ससम्मान विदाइ गरेर नयाँ पुस्ताले देश अघि बढाउनुपर्छ । म जनप्रतिनिधिका रुपमा चुनाव जितेर आउँदा सात अर्ब पैंसा गुल्मीका लागि आएको थियो । तर अहिले त छैन् । ति बाटा र पुल बन्नुपर्यो ।
म भन्न चाहन्छु कि जनप्रतिनिधिले जनतासँग जसलाई भोट दिएका हौ उसैसँग विकास माग नभन्नुहोला । नेपाल बदल्न कोहीले त गाइड गरौ न । लुम्विनी अखण्ड बनाउन आफूले धेरै पहल गरेको स्मरण गर्दै नेता भण्डारीले भन्नुभयो– देश बचाउन मन्त्री गुमाइयो, सारा गुमाइयो तर देश बचाए बापत त चुनाव पनि हार्नुपर्यो । यस्तो छ अबस्था । छत्रकोट गाउँपालिका हुँगास्थित जनजागृति माध्यामिक विद्यालयले गुल्मीकै शैक्षिक जगतमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाई थियो ।
२०२४ सालमा स्थापना भएको जनजागृति माविको स्वर्ण महोत्सव पुस एक देखि पाँच गतेसम्म भव्यताका साथ चलेको हो। महोत्सवका अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक महेश्वर भण्डारी, उपसयोजक यमलाल भण्डारी,छत्रकोट गाउँपालिका वडा नम्वर १ का अध्यक्ष धातानन्द भण्डारी, प्रअ कमला भण्डारी, रणबहादुर पल्ली, बिष्णुप्रसाद भण्डारी, लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको योगदान र अहिलेको अवस्थाबारे जानकारी गराउनुभएको थियो । महोत्सवमा सास्कृतिक कार्यक्रमहरु पनि गरिए भने सम्मानहरु समेत गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.