जनज्योती कपमा देशभक्त विजयी

 

स्वस्तिक श्रेष्ठ
बुटवल,  पुस
रुपन्देहीमा शुक्रबारदेखि शुरु भएको दोस्रो जनज्योती कप नकआउट फुटबल प्रतियोगितामा देशभक्त युवा क्लब मगरमुडा विजयी भएको छ । देशभक्तले सेभेन स्टार युवा क्लब बेलभरियालाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । जनज्योती क्लबको आयोजनामा डिङ्गरनगरको जनज्योती खेलमैदानमा भएको खेलमा देशभक्तका बिनोद केवट, सुधन चौधरी, अर्जुन क्षेत्री गोल गरेका थिए । शनिबार भैरव स्पोर्टस क्लब नवलपरासी र सुनौलो संगम युवा क्लब बुटवलका बिचमा खेल हुने खेल संयोजक जहरसिह रानाले बताए ।
कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन । कार्यक्रममा जिल्ला फुटबल संघका उपाध्यक्ष हरि क्षेत्री, ईलाका प्रहरी कार्यालयका बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्ल, वडा नं. ४ का वडाअध्यक्ष दिवाकार ढकालले उमेर समुहका खेलाडी उत्पादनका लागि प्रतियोगिता जरुरी रहेको बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ६५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष मित्रलाल न्यौपानेले बताए । यसैगरि प्रतियोगितामा म्यान अफ दी म्याच, वेष्ट प्लेयर, हाई स्कोरर, बेष्ट गोलकिपर, वेष्ट डिफेन्डरलाई समेत नगद, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । सेमीफाईनल पुग्ने दुई टिमलाई नगद १५ हजारका दरले पुरस्कृत गरिनेछ । जिल्लामा रहेका विभिन्न १६ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्नेछन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.