तिलोत्तमामा नेकपाको शाखा कमिटि गठन प्रकृया अघि बढ्यो

 

तिलोत्तमामा नेकपाको शाखा कमिटि गठन प्रकृया अघि बढ्यो
तिलोत्तमा, पुस । नेपाल कम्युनिष्ट पार्टी तिलोत्तमा नगर कमिटिले मातहतका १७ वटै वडामा पार्टि एकता गरि शाखा कमिटि गठन गर्ने प्रकृया अघि बढाएको छ ।
कमिटिको आज सम्पन्न पहिलो बैठकले नगरका सबै वडामा पार्टि एकता गरि कमिटि निर्माण गर्ने निर्णय गरेको नगर अध्यक्ष मोहन चापागाईले जानकारी दिनुभयो । उंहाले पार्टि गतिविधिलाई तिब्र पार्ने र कार्यकर्ता पंक्तीलाई क्रियासिल बनाउने निर्णय बैठकले गरेको बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य लिला गिरीले पार्टि एकताको सन्देश र सरकारका काम कारबाहीलाई नागरिक सम्म पुर्याउने जिम्मेवारी पार्टी पंक्तीको हुने बताउनु भयो । उंहाले तिन तहका सरकारले गरेका सकारात्मक कामका बारेमा आम नागरिकलाई सुसुचित गराउनु पर्ने आवश्यकता औल्याउनुभयो ।
प्रदेश सरकारका मन्त्री समेत रहेका गिरीले भन्नुभयो,‘सरकारले केहि गरेन भनेर भ्रममा पार्ने कोसिस पनि भैरहेको छ, यसलाई चिर्दै सरकारका राम्रा कामका बारेमा आम नागरिकमा पुर्याउन पार्टी पक्तीलाई आग्रह गर्दछु ।’
अर्का केन्द्रिय सदस्य दधिराम न्यौपानेले भावनात्मक एकताका साथ पार्टिको काममा खटिन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उंहाले पार्टि एकता प्रकृया अब अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो । नेता न्यौपानेले पार्टिको आधारभुत तह वडा कमिटि हुने भएकाले क्रियासिल कमिटि निर्माणमा ध्यान दिन समेत नगर नेतृत्वलाई सुझाव दिनुभयो । प्रदेश सभा सदस्य समेत रहेका न्यौपानेले सरकारका काममा सहयोगि भुमिका खेल्न आग्रह गर्नुभयो । त्यसअघि आजै नवगठित ८१ सदस्यीय नगर कमिटिलाई सपथ गराइएको थियो ।
त्यस अवसरमा पार्टिका प्रदेश कमिटि सदस्य गोपाल भट्टराई, शिवराज सुबेदी, अनुप बराल, पुरन गुरुड्ड लगायतले बोल्नुभएको थियो । बैठक नगर कमिटि अध्यक्ष मोहन चापागाईको अध्यक्षता र सचिव लक्ष्मण खनालको संचालनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.