प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेरको जवरा शपथ ग्रहण

 

विज्ञप्ति

आज मिति २०७५ साल पुस १८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज।व।रा।ज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा आजै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज।व।रा।ज्यूले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु, प्रतिनिधि सभाको माननीय विपक्षी दलको नेताज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, न्यायपरिषदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।


२०७५ साल पुस १८ गते बुधबार प्रवक्ता

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.