प्रजातान्त्रीक पद्धति,माथिनै प्रहार ,१४ औं महाधिबेशन लम्बाए दुर्भाग्य वरिष्ठ नेता, पौडेल

माघ ८,बुटवल ।

 

नेपालि कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलले नेकपाको सरकारले प्रजातान्त्रीक मुल्यमान्यता संस्कार संस्कृति पद्धतिमथिनै प्रहार सुरुगरेको बताउनु भएको छ । सरकारले लोकतन्त्रलाइ भर्याङ बनाएर अधिनायकबादको बाटोमा हिडेको तर्क गर्नुभयो । आज बुटबलमा प्रजातान्त्रिक विचार समाज रुपन्देहीले आयोजना गरेको विचार प्रबचन तथा विचार नामक स्मारिका बिमोचन कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले गरेको आयोगका नियुक्ती र प्रचण्डको मन्तब्य ले सरकार सर्वसत्ताबाद,अधिनाक बाद तर्फ लम्केको पुष्टी भएको बताउनु भएको छ । उहाले सहकारी, र युवासोरोजगारी बेरोजगारीका नाममा आप्ना कार्यकर्ता पोस्नेकाम बताउदै गरेको नाफाखोरको सरकार भएको आरोप पनि लगाउनु भयो । सरकारप्रति खरो रुपमा टीप्पणी गर्दै पौडेलले भन्नुभयो—‘सरकारका तीन काम हुन्छन्,बिकास,सुशासन र शान्ति सुरक्षा कायम गर्ने’ यी तीनवटै कुरामा सरकार फेल भएको छ
काग्रेसमा नेतामामात्र होइन कार्यकर्ताबाट गुटबन्दी गरेका कारण गुटबन्दी हट्न नसकेको बताउदै रामचन्द्र शेरबहादुरको पछि होइन कांगे्रसका पछि लाग्न सके गुटबन्दी अन्त्य हुने बताउनु भयो । उहाले विचारको पद्धति र सस्कारमा हिड्न कार्यकर्ता लाई आग्रह गर्नु भयो । पौडेलले कांग्रेसको नेतृत्वले ४ बर्षे समयसीमा भित्रै १४ औं महाधिबेशन गर्नुपर्ने भन्दै म्याद थपेर लम्बाएमा दुर्भाग्य हुने समेत बताउनुभयो ।
‘पार्टीलाइ हराएर यो स्थानमा पुर्याउने अनि म्याद थप्न मिल्छ ’ उहाको प्रश्न छ ।
म्यादथप्न नैतिकताले र ब्यबहारले पनि दिदैन कांग्रेस नया ढंगले चल्नुपर्ने उनको भनाइ छ ।
कांग्रेसको सिद्धान्तले देशमा जितेपनि संगठनले हारेको पौडेलको तर्क थियो । नेता पौडेलले नेपाली राजनीतिमा संस्कार र बिचारको कमी भएको उल्लेख गदै ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेसलाइ सिटामोलले निको नहुने भन्दै अप्रेसन गरेर गलत तत्व फाल्नुपर्ने बताए ।
‘आचरण,ब्यबहार,चरित्र फेर्नेपर्छ बल्ल नेपालको राजनीति सुध्रिन्छ’ उनको सुझाब छ ।
डा केदार नरसिंह केसी,युवा नेता प्रदीप पौडेल,अब्दुल रज्जाक,रामचन्द्र ढकाल,बिरबहादुर राना,रमा अर्याल,हरि लम्साल,बिपुल पोखरेल,रामराज पोखरेल,डिल्लीनारायण पाण्डे लगायतले बोलेका थिए

Comments

comments