किसान लाई सम्मान मात्रै गरेनन् ३ टन बढि गोभी स्कुलमै किनीदिए बिधार्थीले

बुटवल, २१

माघ । बुटवलको दिप बोडिङले खैरहनी ६ तुल्सीपुर चितवनका पुरन महतोलाई सम्मान गरेको छ । गत शुक्रबार मात्रै आफुले लगाएको बन्दा गोभी विक्रि नभएको भन्दै महतोले डोजर लगाएर नष्ट गरेका थिए । उनलाई नेपाल रेडक्रस सर्कल, दिप हाई स्कुल र ईन्ट्रयाक्ट क्लव अफ दिप बोर्डिङ हाई स्कुलले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले कृषि प्रदान देशमा बन्दा गोभीले बजार नपाएको समाचार सुनेपछि कृषकका लागि केही गर्नुपर्छ भनेर सम्मान गरिएको बताए । कृषक महतोले ३ टन बढि गोभी स्कुलमै ल्याएर आएका थिए । उक्त गोभीलाई प्रति गोटा १५ रुपैयाका दरले सहयोग गरेर विद्यार्थीले खरिद समेत गरेका थिए । विधालयका अध्यक्ष राजेन्द्र ध्यजुले परिवर्तन आफै बाट सुरु गर्नुपर्ने बताए । उनले किसानको मर्का बुज्न सरकार संग आग्रह गर्दै खुला सिमाना का कारण पनि किसान मर्कामा सरेको बताए ।  सम्मान पछि कार्यक्रममा बोल्दै कृषक महतोले सरकारले गर्न नसकेको सम्मान विद्यालयले गरेको भन्दै खुसी व्यक्त गरे । दुई रुपैयाँ किलो बन्दा गोभी विक्रि गर्न खोज्दा पनि कसैले नलगेपछि महतोले डोजर लगाएर बन्दा गोभी नष्ट गरेका थिए । बन्दा गोभी तयार भएर एक महिना सम्म बजार मुल्य नपाएपछि गोभी स्याहार गर्दा पनि बढि खर्च बढ्ने भएकाले अर्को बाली लगाउनका लागि नष्ट गरेको उनले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.