अध्यारोमा तरबार नचलाऔं’आफैलाई लाग्न सक्छ , मन्त्री बाँस्कोटा ,

बुटवल,माघ २८ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरि ऐन कानुन निर्माणमा जुटेको बताएका छन । उनले अहिले सरकारले गरेका हरेक गतिविधिलाई नकरात्मक रुपमा प्रचार गर्ने काम भएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीको बार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकार नागरिक अधिकारलाई थप बलियो बनाउने पक्षमा रहेको बताए । उनले अहिले मिडियामा कानुनका बिषयलाई लिएर अनावश्यक हल्ला मच्चाउने काम भएको बताए । ‘प्रेस कानुन ल्याउदैछौं, मान्छेहरु हल्ला मचाउँदैछन, अध्यारोमा तरबार नचलाऔं’ मन्त्री बाँस्कोटाले भने । उनले संसदमा विज्ञापन सम्बन्धि विधेयक संसदमा दर्ता गरेको बताउँदै यसले मिडियालाई फाइदा गर्ने बताए । ‘सबै भन्दा बढि माग मोफसलका मिडियाले गरेका हुन, त्यसलाई सम्बोधन गर्न विज्ञापन ऐन ल्याइएको हो ।’ उनले विज्ञापन ऐनले नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्बको पुर्याउने दावी गरे । उनले विज्ञापनका बिषयमा भइरहेको आलोचनालाई लक्षित गर्दै भने ‘भ्रमको शिकारको पहिरनुस हजुर, काग कराउँदै गर्दछ पिना सुक्दै गर्छ ।’
मन्त्री बाँस्कोटाले ६५ बर्ष पुगेका पत्रकारलाई निवृत भरणको व्यवस्था, सञ्चारग्राम स्थापनाका लागि ७ वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको बताए । उनले नेपाल पत्रकार महासंघले श्रमजिवि पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको बताए । उनले विरोध भएपनि सरकारले कार्यान्वयन गरेरै छाड्ने बताए । उनले आफू पत्रकारिताबाटै आएकाले यसको विकास र मर्मलाई बुझेर कार्यक्रम ल्याइने बताए । उनले कम्यूनिष्ट सरकारले काम गर्दा अरुलाई पिडा भएकाले त्यसलाई चर्चामा ल्याउनुको अर्थ नरहेको बताए । उनले अब कम्यूनिष्ट सरकार ५ बर्ष मात्रै नभई आउदो चुनावमा पनि जनताकोमन जितेर चुनाव जित्ने बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले संघियता कार्यान्वयनका चरणमा रहेकाले संरचनाको जगलाई बलियो बनाउने गरि मिडियाले बिषय उठाउनुपर्ने बताए । उनले समृद्धि मूलूकको आवश्यकता भएकाले मिडियाले सकरात्मक भूमिका खेल्नुपर्ने बेला आएको बताए । लोकतन्त्रलाई कमजोर र

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले साना मिडिया बलियो नहुँदासम्म श्रमजिवि ऐन लागू हुन नसक्ने बताए ।
प्रदेश नम्बर ५ का सांसद कमला विश्वकर्माले समाज परिवर्तनमा पत्रकारिताले धेरै काम गर्न सक्ने भन्दै यसको शक्तिलाई सदपयोग गर्न आग्रह गरेकी थिईन ।
पूर्व सांसद विनोद पहाडीले मूलूक संघियतामा गएपजि प्रेस पास तथा अन्य सेवा लिन कठिन भएकाले समाधान गर्न आग्रह गरे । उनले पत्रकारिता क्षेत्रका व्यक्ति सञ्चारमन्त्री भएकाले सञ्चार क्षेत्रलाई राहात र सहजता ल्याउने गरि काम गर्न सुझाव दिए । उनले लुम्बिनी राष्ट्रिय पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्नका लागि आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले नेपालको समृद्धिका लागि बजेट निति कार्यक्रम र दीगो विकास लक्ष्यमा विमती छैन भने प्राथमिक क्षेत्रमा लगानी भए की भएन त्यसमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । संविधान कार्यान्वयनका लागि पत्रकारहरुले पनि जिम्मेवार पूर्वक कलम चलाउने बेला आएको बताए । उनले भ्रष्टाचार र अनियमिततालाई तोड्न सबै क्षेत्र लाग्नुपर्ने बताए ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले पत्रकारिताले समाचार लेख्न र प्रकाशन गर्नुअघि पटक पटक सोँच्न आग्रह गरे । उनले रुपन्देहीको पत्रकारिता सक्षम रहेको बताउँदै अझै यसको स्तरीयता बढाउनुपर्नेमा जोड दिए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले पत्रकारिता नागरिकको पहिलो अदालत रहेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीकास सल्लाहाकार खिमानन्द भट्टराई, नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलम, उत्कृष्ट पत्रकारिता मूल्यांकन समितिका संयोजक डिआर घिमिरे, शैक्षिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक इन्दिरा अर्याल, लगायतले बोल्दै पत्रकारितालाई विश्वसनीय बनाउन आग्रह गरे । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिको अध्यक्षता, सचिव रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.