क्याननको २२ औं बार्षिकोत्सव ,सरकारले सवै लाई समान दृष्टीकोणले हेरीरहेको छ सभासद् न्यौपाने

 

 

वुटवल, ८ सुख्खानगर स्थित क्यानन मा.वि.ले स्थापनाको २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समीतीका अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रदेश नं ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपाने –माधव शर्मा) को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमा बोल्दै प्रदेश नं ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपाने –माधव शर्मा)ले सरकारी जस्तै नीजी विद्यालयहरु पनि सरकारको प्राथमिकतामा रहेको ले निजी विद्यालयहरु अन्योलमा रहनु नपर्ने गरी कानुन निर्माणको क्रममा रहेको बताउनु भयो । उहाले सरकार निजी विद्यालयको पनि अभिभावक भएको बताउदै सवै लाई समान दृष्टीकोणले हेरीरहेको बताउनु भयो । त्यसैगरीे विशिष्ट अतिथि हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, शाईन रेशुङगा डे. बैंकका सि.ई.ओ. प्रकाश पौडेल, प्याब्सन, प्रदेश नं ५ का प्रदेश सचिव लालहरि पाण्डे, रुपन्देहि व्यापार संघका पूर्व अध्यक्ष श्री कृष्ण पोखरेल, अभिभावक संघ रुपन्देहिका अध्यक्ष लोकनाथ ज्ञवाली, सामाजिक विकास मन्त्रालयका उप सचिव मित्रमणि खनाल, बुटवल उ.म.न.पा. का शिक्षा महाशाखा प्रमुख लोकराज पन्थी, जिनियस एकेडेमी काठमाडौंका कमल सिलवाल, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका गाविन्दराज अधिकारी ले समग्र शैक्षिक विकास का लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यत्रममा छिमेकी विद्यालय दीप वार्डिङ हाई स्कुलका प्राचार्य टिकाराम न्यौपाने , एक्सिस स्कुलका प्राचार्य सि.वि. थापा लगायत अन्य व्यक्तित्व हरुको उपस्थिति रहेको थियो ।
विद्यालयका प्राचार्य माधव कुमार पौडेल ले विद्यालयको वार्षिक प्रतिबेदन प्रश्तुत गर्दै आगामी दिनमा व्यवहारिक र संस्कार युक्त पठनपाठनमा जोड दीने प्रतिवद्धता व्यक्त गनुभयो । कार्यक्रम को अवसरमा जेष्ठ नागरिक सम्मान का साथमा वर्ष शिक्षकको रुपमा निराजन भण्डारी, वर्ष विद्यार्थीको रुपमा विक्रम भण्डारी, वर्ष कर्मचारीको रुपमा फर्शुराम पोख्रेल लगायत अनवरत रुपमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु लाई सम्मान गरीएको थियो । त्यसैगरी विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रश्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए साथमा विद्यार्थीहरुले विज्ञान सामाग्री ड्रोन समेत प्रदर्शनी गरेका थिए । कार्यक्रम विद्यालयका संस्थापक सदस्य दोलराज पाण्डेको स्वागत मन्तव्य र विद्यालयका सह प्राचार्य इश्वरी प्रसाद खनालले सञ्चालन गर्नुभएको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.