उत्कृष्ट पत्रकारिता पुरस्कार बाट पत्रकार अधिकारी र पाण्डे पुरस्कृत पूर्व अध्यक्ष सल्लाहाकार सम्मानित

साधारणसभाकै अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न निकायसँग मिलेर स्थापना गरेको तीन वटा पुरस्कार वितरण गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरले संयुक्त रुपमा स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार डायलसन अधिकारी र पत्रकार भगवती पाण्डे पुरस्कृत भएका छन । अधिकारी उत्कृष्ट पत्रकारिता पुरस्कार २०७३ र पाण्डे उत्कृष्ट पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार पाण्डे पुरस्कृत भएका हुन । दुवै जनालाई नगद ५०÷५० हजार, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले पुरस्कार वितरण गरेका हुन । अधिकारी रेडियो नेपाल र इलगन अनलाईनमा आबद्ध छन भने पाण्डे लुम्बिनी सामुदायिक टेलिभिजन र सेतोपाटी अनलाईनमा आबद्ध छन ।
यसैगरि नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल पब्लिकसँगको सहकार्यमा स्थापना गरिएको शैक्षिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण पोखरेल सम्मानित भएका छन। नगद १० हजार सहित सम्मानपत्रले प्रमुख अतिथि सञ्चार मन्त्री बाँस्कोटा र बुटवल पब्लिकका अध्यक्ष हेमलाल शर्माले संयुक्त प्रदान गरेका हुन । पोखरेल अन्नपूर्ण पोष्ट दैनिक प्रदेश ५ को प्रमुखमा कार्यरत रहेका छन ।
पूर्व अध्यक्ष एंव सल्लाहाकार सम्मानित
पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी र सल्लाहाकारलाई पनि सम्मान गरिएको छ । नेपाली पत्रकारिताको जगलाई बलियो बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेकाले शाखाले सम्मान गरेको हो । पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, डिआर घिमिरे, मोहन चापागाई, दीपक ज्ञवाली र शेरबहादुर केसीलाई सम्मान गरिएको हो । यसैगरि प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, दिल साहनी, बसन्त पोखरेल, प. बाबुराम भट्टराईलाई मरोपरान्त सम्मान गरिएको छ । यसैगरि सल्लाहाकारहरु खिमानन्द भट्टराई, माधव नेपाल, नारायण सापकोटा र चेतन पन्तलाई सम्मान गरिएको छ । प्रमुख अतिथि मन्त्री बाँस्कोटा र महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.