सपना र संकल्पबाट तर्सिएर सरकारको विरोध ः नेता पोखरेल कम्युनिष्टले नै अव संवृद्धिको शुरुवात गर्ने

अव गर्व गर्ने भनेकै नागरिकको जिवन स्तर स’धारेर हो

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा प्रदेश नं ५का इन्चार्ज शंकर पोखरेलले सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन । सरकार विरोधीहरुले कुनै गल्ती नभेटाए पनि सपना र संकल्पबाट तर्सिएर विरोधको लागि विरोध गरेको उनको टिप्पणी छ । नेता पोखरेलले अव कार्यकर्ता जनताको सेवामा लाग्न आग्रह गर्दै अव पार्टिले गर्वको बिषय बदल्न’ पर्ने बताउदै गर्ने भनेकै जनताको जिवन स्तर कसरी उठाउने भन्नेक’रा ब’झेर लाग्न समेत आग्रह गरे ।
नेकपा बुटवल उप महानगर कमिटिले मंगलवार बुटवलमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्रि समेत रहेका नेता पोखरेलले भने– सरकारले काम गर्ने दौरानमा केही गल्ती गरेकोछैन, गल्तीको विरोध भन्दा पनि नेकपाले लिएको संवृद्धिको संकल्पबाट तर्सिएर विरोध भएको छ ।’ छिटो परिणाम खोज्ने प्रवृत्ति र कम्युनिष्टलाई वद्नाम गर्ने उदेश्यले सरकारको विरोध भएको उनले बताए । अहिले कानुन निर्माणको लागि सरकारले समय खर्च गर्नु परेकोले जनताले देख्ने गरी काम नभएको उनको भनाई छ । उनले भने– कानुन बनाएको जनताले अनुभूतिहुने गरी देख्ने कुरा भएन । कानुन वनाउने काम सकिएपछि देख्ने गरी काम हुन्छ ।’
नेता पोखरेलले नेकपाको तत्कालिन कार्यक्रम ‘जनताको जनवाद’ समाजवादमा पुगने बाटो भएको बताउदै सवै नेता कार्यकर्ताहरुलाई पार्टीको कार्यक्रम अनुसार परिचालित हुने निर्देशन दिए । विगतका आन्दोलन जनयुद्ध सबै राज्यशक्ति आफ्नो हातमा लिएर समाज रुपान्तरण लक्षितभएकाले राजनितिक उदेश्य पुरा भएको अव त्यो कार्यभार पुरा गर्ने जिम्मेवार थपिएको बताए । समाज वदल्ने कामलाई दुई कम्युनिष्ट पार्टी एकताले थप मलजल पुराएको छ । उनले भने अव हामी राज्यलाई बलियो वनाउदै समाज रुपान्तरणको बाटोमा छौ । त्यो जिम्मेवारी कम्युनिष्ट सदस्यको काधमा आएको छ । उनले नेकपाको नेताहरुालाई विभाजित गर्दे उदेश्यले प्रतिक्रियावादीहरुले फैलाएको भ्रम मात्र भएको बताए । ‘
भेलामा नेकपाका केन्द्रिय सदस्य तथा उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रि लिला गिरीले जनताको मन जितेर कम्युनिष्ट पाटी यहा सम्म आएको र कम्युनिष्टले नै अव संवृद्धिको शुरुवात गर्ने बताए । उनले जनप्रतिनिधीहरुले सहि निति निर्माण गरे नगरेको तथा जनताको काम गरे नगरेको वाच गर्ने काम सकै नेता कार्यकर्ताहरुको भएको बताउदै जनप्रतिनिधी र नेकपाको सदस्यहरुले एकाकार भएर जनताको काम गर्नु पर्ने बताए ।
नेकपाका केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य दधिराम न्यौपानेले पद प्रतिष्ठा भन्दा पनि जिम्मेवारी वहन गर्ने कुरा कम्युनिष्ट पार्टीकोे सदस्यको भूमिकामा जोडिने हुदा सोही अनुसार काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
नेकपाका जिल्ला कार्यदल सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल उपमहानगरपालिकाले १८ महिनामा गरेको कामको फेहरिस्त सुनाउदै बुटवल उपमहानगरलाई कसरी संवृद्ध बनाउने भन्ने कुरा पार्टीसंग जोडिएको बताए । पार्टीको सपोर्टको कारण आफूलाई काम गर्न सजिलो महसुस भएको बताउदै उनले एकिकृत शहरी विकास अवधारणा अनुसार बुटवललाई विकास गर्न लागिएको बताए । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपाका बुटवल उपमहानगर पालिका कमिटि अध्यक्ष वावुराम पन्थीको अध्यक्षता, सचिव नारायण वन्जाडेको संचालनमा भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.