जनसम्वाद यात्रा राजनीतिक तपस्याको बाटो हो स् बाबुराम भट्टराई

 

 

गोरखा, १ फागुन । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले जनसम्वाद यात्रालाई राजनीतिक तपस्याको बाटोको रुपमा चित्रण गर्नुभएको छ । आज गोरखाको पालुडटारमा आयोजित जनसभालाई सम्वोदन गर्दै डा भट्टराईले जसरी परापूर्वकालमा ऋषिमुनीहरुले जाडोमा हिमालमा र गर्मीमा अग्नीको सामिप्यमा गएर गरिने तपस्या आफुलाई शुद्ध बनाउनको लागि गरिएको बताउनु भयो ।

पौराणिक कुरासँग जोड्दै डाक्टर भट्टराईले यो एक राजनीतिक तपस्याको बाटो हो, यो एक प्रकारको राजनीतिक तिर्थयात्रा हो, त्यही तपस्याको निम्ति यो यात्रा गर्दैछौँ । त्यसले हामी शुद्ध छौ रु कि छैनौ रु भन्ने कुरा जनताबाट प्रष्ट देख्न सकिने बताउनुभयो ।

अब असल राजनीतिको कुरा गर्नु पहिले आफु असल र शुद्ध हुनुपर्ने धारणा राख्दै डाक्टर भट्टराईले ‘हाम्रो राजनीति सफा हुनु पर्यो, त्यसको निम्ति कुने जादुको छडी छैन’, भट्टराईले त्यसको निम्ति जनताको वीचमा जाने, सम्वाद गर्ने, जनताको सुझाव लिन,े आलोचना सुन्ने र त्यसपछि आफुलाई रुपान्तरण गर्ने बदल्ने त्यो मात्रै एउटा शुद्धिकरणको बाटो हो भन्नुभयो । भट्टराईले जनतालाई भगवान सँग दाँज्दै भन्नुभयो ‘हाम्रो निम्ति भगवान भनेको तपाइहरु जनता हो । तपाइहरुको वीचमा गएर तिर्थ यात्रा गरेर हामी आफुलाई शुद्धिकरण गर्न चाहन्छौ । आफुलाई रुपान्तरण गर्न चाहन्छौ ।’

जनयुद्धमा आफुलाई गर्व रहेको बताउँदै डा भट्राईले जनयुद्ध दिवसको अवसरमा महान शहिद, वेपत्ता परिवारजन, घाइते योद्धाहरुलाई श्रद्धासुमन व्यक्त गर्दै डा भट्टराईले त्यत्रो योगदान, बलीदान गरेर हामीलाई यो दिनसम्म ल्याइपुर्याउनु भएकोमा उहाँहरुप्रति सधै नतमस्तक रहेको बताउनुभयो । ‘सत्तामा पुगेका जिउँदा शहिदहरु, एक पछि अर्को गर्दै भ्ष्टाचार काण्डमा मुछिनु भएको छ पहिले पहिलेका समयमा भएका भ्रष्टचारका काण्डलाई समेत उछिन्ने गरी भ्रष्टाचारमा पनि मुछिन पुग्छ’ भट्टराईले भन्दै प्रश्न गर्नुभयो ।

अर्को प्रसंगमा डाक्टर भट्टराईले ‘राजनीतिमा पनि त्याग र बलीदानी नगरी उपलब्धी र परिवर्तन प्राप्त हुँदैन र अर्को चरणको क्रान्ति फेरी नयाँ ढंगले अघि बढ्दैछ’ । डा भट्टाईले ‘माथि देखि तलसम्म यही प्रकारको भ्रष्टाचार बढ्दै जाने हो भने हामीले ति महान शहीदहरुप्रति न्याग गरेको ठहरिन्छ रु कि धोका गरेको ठहरिन्छ रु’

डा भट्टराइले राणाकालमा पनि ठूला दरबार बनेका थिए, पञ्चायतकालमा पनि ठूला ठूला महल बनेका थिए तर जनताको घरदैलोमा विकासको प्रतिफल पुगेको थिएन । ‘त्यसैले आज हामीले गर्ने विकास भनेको केही मान्छेहरु मात्र सम्पन्न हुने विकास होइन, हामीले गर्ने विकास भनेको अरबौँ खर्च गरेर आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर बनाउने होइन, त्यो कुनै विकास हो’ भट्टराइले भन्नुभयो ।

भट्टराईले विकासबारे प्रष्ट पार्दै भन्नुभयो ु हामी शिक्षा, स्वास्थ्य, पानी, बाटो, बिजुलीमा लगानी गर्न चाहन्छौँ, ता की जनताले कृषि, उद्योग, पर्यटन, सेवा लगायतमा लगानी गरेर रोजगारी सिर्जना गर्न सकुन् । त्यसैले हामीले केही मान्छे धनी हुने, केही मान्छेले मात्र पैसा कुम्ल्याउने प्रकारका विकास नभई आम जनतालाई विकासको प्रतिफल पुग्ने, आम जनतालाई रोजगारी दिने, सबै जनता सुखी हुने प्रकारको समावेशी विकास चाहन्छौँ । त्यही बुझ्न, सोध्न हामी जनसम्वाद यात्रामा तपाईँहरुकोमा आइपुगेका छौ ।ु

(((

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.