क्यान इन्फोटेक तयारी अन्तिम चरणमा

 

बुटवल । क्यान महासंघ रुपन्देहीको आयोजनामा आगामि शुक्रबारदेखि बुटवलमा हुने स्टाटप्स वाइटेक क्यान इन्फोटेक २०१९ ईन एशोसिएशन विद प्रभु पे को तयारी अन्तिम चरणमा पुगेको छ ।

फाल्गुन ७ गतेसम्म चल्ने प्रदर्शनीको तयारीका बारेमा जनाकारी दिन बुटवलमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बौल्दै क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले मेलाको माध्यमबाट व्यावसायीहरुलाई नौलो प्रविधिको प्रदर्शन गरिने बताए । उनले ब्यापारिक सम्भावना बिस्तार गर्ने अवसरका रुपमा मेला आयोजना गर्न लागिएको बताए ।

मेलामा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय शूचना तथा संचार प्रविधि सम्बन्धि कम्पनीका स्टलहरु रहने छन । कम्प्युटर हार्डवेयर, मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसरिज, डिलर र डिष्टिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस, वैंक, आई सि टि कलेज, शैक्षिक परामर्स केन्द्र लगायतका १४० स्टलमा ९० भन्दा बढि कम्पनीको सहभागिता रहने श्रेष्ठले जनाकारी दिए ।

अत्याधुनिक सेक्युरिटि टेक्नोलोजि सहितका स्मार्ट घरहरु, नेपाली वैज्ञानिकले बनाएका रोवर्ट तथा ड्रोनको प्रदर्शनी साथै सफ्टवेयर र सेक्युरिटि सम्पन्धि प्रविधी मेलाको आकर्सणको रुपमा रहने अध्यक्ष श्रेष्ठले बताए ।

मेलामा फाल्गुन ६ गतेलाई विजनेस डे को रुपमा घोषण गरिएको छ । जुन दिन विजनेस हाउसहरुले बिभिन्न डिलर र भेन्डरहरुसंग प्रत्यक्ष विजनेस डिल गर्नेछन् ।

सर्वसाधारणका लागि ५० र बिद्यार्थीका लागि २० रुपैयाको प्रवेश टिकट लाग्ने मेलामा सरकारि बिद्यालयका बिद्याथी, जेष्ठ नागरिक, असाह्य र अपांगका लागि भने निशुल्क प्रवेशको ब्याबस्था मिलाइएको श्रेष्ठले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.