अभावका विच उल्लेख्य काम भएको मुख्यमन्त्री शंकर पोखरेल, पानि जहाज स्थापना दिवसका समारोहमा

 

प्रथम प्रदेश स्थापना दिवस र बुटवल उपमहानगरपालिकाको ६० औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम

 

बुटवल, फागुन ३ । प्रदेश नं. ५कोे प्रथम स्थापना दिवस र बुटवल उप–महानगरपालिकाको ६० औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । स्थापना दिवसको कार्यक्रम बुटवल उपमहानगरपालिका र प्रदेश सरकारले संयुक्त मूल समारोह समिति गठन गरेर कार्यक्रम गरेका थिए ।
मूल समारोहको अध्यक्षता प्रदेश नं. ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा माननीय प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश सभाका सभामुख, उपसभामुख, प्रदेश सरकारका माननीय मन्त्रीहरु, प्रदेश सभा विपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापतिहरु, प्रदेश सभाका माननीय सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, उच्च अदालतका माननीय मुख्य न्यायधिश , प्रमुख सचिव, प्रदेश सभाका सचिव, प्रमुख जिल्ला अधिकारी, विभिन्न स्थानीय तहका प्रमुखहरु, उप्रमुखहरु, प्रदेश सरकारका सचिव, प्रदेश न्यायधिवक्ता, प्रदेश योजना आयोग उपाध्यक्षहरु, जङ्गी निजामती लगायतका राष्ट्रसेवक कर्मचारीहरु, संचारकर्मी मित्रहरु, नागरिक समाजका अगुवाहरु, विभिन्न संघसंस्थाका प्रमुखहरुको सहभागितामा भव्य समारोहका बीचमा कार्यक्रम भएको हो ।
प्रदेश सरकार गठन भई विधिवत रुपमा कार्यप्रारम्भ गरेको पहिलो स्थापना दिवस र बुटवल उप–महानगरपालिकाको ६० औं स्थापना दिवसका अवसरमा विहान बुटवल बहुमुखी क्याम्पस परिसरबाट विभिन्न झाँकीसहितको प्रभातफेरि भएको थियो । उक्त समारोह बुटवल मण्डपमा पुगेर विशेष सभामा परिणत भएको थियो ।
त्यस अवसरमा झाँकीमा सहभागीहरुलाई उनीहरुको उत्कृष्टताका आधारमा नगदसहित सम्मान गरिएको थियो । त्यसअवसरमा उत्कृष्ट हुने नेवा समाज बुटवल द्वितीय हुने ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बुटवल, तमु प्ये ल्हु संघ, बुटवल तृतीय भएका थिए । यस्तै सान्त्वनामा सैनामैना नगरपालिका, तिलोत्तमा नेवा मयँज खल, बुटवल र मयुर नाच बुटवल १९ रानीबारीलाई पुरस्कृत गरिएको थियो ।
झाँकीको मूल्यांकनका लागि डा.हिरण्य ज्ञवाली, दीपक ज्ञवाली र दलबहादुर गुरुङको निर्णायक समिति बनाइएको थियो ।
बुटवलका करदाताहरु सम्मानित
यसैगरी बुटवल उपमहानगरपालिकाले उत्कृष्ट सम्पत्ती कर बुझाउने संस्थाका रुपमा नेपाल हाइड्रो इलेक्ट्रिक प्रालि बुटवल ४ लाई, सम्पत्ति कर बुझाउने व्यक्तितर्फ विलासमोहन वजाथान्छे, वहाल कर तर्फ व्यक्ति कुसुमदेवी शाक्य, उपभोक्ता समिति तर्फ भैरव पथ टोल उपभोक्ता समिति बुटवल ११ देविनगरलाई सम्मान गरिएको थियो । उक्त समितिलाई नगद ६० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
यसैगरि सरसफाई अभियन्ताका रुपमा बुटवल तिनाउ नियमित सरसफाई अभियानका संयोजक ठाकुर गैरेलाई ७५ हजार नगदसहित सम्मान गरिएको थियो । बुटवलमा तिनाउ सरसफाई अभियानको ३४ औं श्रृंखला चलिरहेको छ ।
उत्कृष्ट फुलबारी व्यवस्थापन प्रोत्साहन पुरस्कार (हरियाली प्रवद्र्धन) मेलमिलाप टोल विकास संस्था, कालिकानगर प्रथम, बुद्ध टोल विकास संस्था, कालिकानगर द्वीतिय, १ नं. टोल विकास संस्था कालिकानगर तृतीय र जनकल्याण विकास संस्था कालिकानगरलाई सान्त्वना स्वरुप नगदसहित सम्मान गरिएको थियो ।
उक्त भव्य समारोहको सञ्चालन बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले गर्नुभएको थियो । विसं.२०१६ साल फागुन ३ गते स्थापना भएको थियो । प्रदेश ५ सरकार भने २०७४ फागुन ३ गते स्थापना भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.