तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१औं संस्करण सुरु

उद्घाटन खेलमा झापा–११ ले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले पराजित

बुटवल, फागुन ४ । तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१औं संस्करण शनिबारदेखि सुरु भएको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा वि।सं। २०३३ सालदेखि सन्चालित प्रतियोगिताको २१ ऋौ संस्करणको उद्घाटन खेलमा झापा–११ ले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले पराजित गर्यो ।
रुपन्देहीको देवीनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरमा भएको खेलको १० मिनेटमा कर्ण लिम्बूले गोल गर्दै झापा–११ लाई अग्रता दिलाएका थिए । एपिएफका सबै प्रयास हरुलाइ झापाका गोलकिपर ले विफल पारेका थिए ।
दोस्रो हापको पाचौ औं मिनेटमा झापाकै बुद्ध बल तामाङले गोल गर्दै टिमलाई २–० ले जिताए ।
जितसँगै झापा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा झापा, एपीएफसहित, नेपाल पुलिस क्लब, सुनसरी–११, रुपन्देही–११, मनाङ–मर्सयाङ्दी क्लब, संकटा क्लब, ब्रदर्श युनाइटेड क्लब भारत, क्यामरुनको दाउफिन्स क्लबलगायत १० टिमको सहभागिता रहेको छ ।
उपाधि विजेताले रनिङ गोल्डकपसँगै नगद ८ लाख ८० हजार तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट एकजना खेलाडीले एउटा मोटरसाइकल पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट पाँच खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ ।कार्यक्रम बुटवलउपमहानगर पालिका का मेयर सिवराज सुवेदी ले उद्धाटन गरेका थिय ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.