दीपले मनायो ३८ औं स्थापना दिवश, दीप गायन ताराको उपाधि होराइजन बिविएसका सक्सेस पाण्डे लाई

 

बुटवल, ६ फागुन । बुटवल–८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले आयोजना गरेको आठौं दीप गायन ताराको उपाधि होराइजन बिविएसका सक्सेस पाण्डेले हात पारेका छन् । यस्तै फष्ट रनर अप देवदह मदर टङ्स विद्यालयका सुमन गुरुङले , सेकेन्ड रनर अप साइनिङ स्टार विद्यालयका विवश थापाले प्राप्त गर्न सफल भएका छन् भने क्यानन माध्यमिक. विद्यालयका सिमरन तामाङ र स्कलर्स होम विद्यालयका प्रसन्न पछाईले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा प्रथम हुनेले १५ हजारका साथ सिल्ड र प्रमाणपत्र, द्वितीय हुनेले १० हजारका साथ सिल्ड र प्रमाणपत्र, तृतीय हुनेले ५ हजारका साथ सिल्ड र प्रमाणपत्र तथा सान्त्वना हुने दुई जनाले २÷२ हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन भने उत्कृष्ट दशमा पर्न सफल अन्य प्रतियोगिहरु समेत नगद सहित पुरष्कृत भएको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
यस अघि अस्मिता चापागाईं, प्रिया भण्डारी, अफ्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ र वर्षा परियार दीप गायन तारा बन्न सफल भएका थिए ।
रुपन्देहीका माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुकोे गायन प्रतिभालाई उजागर गर्दै उनीहरुलाई भविष्यमा राम्रो कलाकार बनाउने उद्देश्यका साथ हरेक वर्ष यस प्रकारको कार्यक्रम गर्ने गरिएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।
दीप गायन ताराको उपाधि बिजेताहरु सांगीतिक क्षेत्रमा राम्रो गरिराखेकोले यस कार्यक्रमलाई आगामी वर्षहरुमा निरन्तरता दिइने विद्यालयका उपप्रचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख सुरेन्द्र कुमार शाक्यले बताउनुभयो ।
सोही अवसरमा शैक्षिक सत्र २०७४ मा तहगत तथा कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने विद्यालयको शैक्षिक उन्नयनमा महŒवपूर्ण योगदान पु¥याउने शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरूलाई पुरस्कृत तथा सम्मान गरिएको विद्यालयका उपप्राचार्य ज्ञानु थापाले जानकारी दिनुभयोे ।
सोही अवसरमा दीप बोर्डिङले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार यमलाल भुषाललाई नगद १० हजारसहित कदर पत्रका साथ सम्मान गरिएको छ ।
विद्यालयका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको अध्यक्षता, उप–प्राचार्य कलाधर अर्यालको स्वागत तथा शिक्षक पुरुषोत्तम पाण्डे र दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै जिल्ला शिक्षा समन्वय ईकाई कार्यालयका प्रमुख दीपेन्द्र ढकाल, प्याव्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा लगायतले बोल्दै विद्यालयले शैक्षिक क्षेत्रसँगै विद्यार्थीमा रहेको गायन प्रतिभालाई प्रस्फुटन गर्नका लागि गरेको कार्य प्रशंनीय रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी, जन गायक जीवन शर्मा लगायतका राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.