क्यान ईन्फोटेक २०१९ सकियो १ लाख ५० हजारले गरे अवलोकन

 

सुचना प्रविधिको विकार र विस्तारमा सहकार्य गरौं
बुटवल, ७ फागुन ।
क्यान महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको स्टार्टअप वाईटेक क्यान ईन्फोटेक २०१९ ईन एशोसीयसन विथ प्रभु पे समापन भएको छ । मंगलबार औपचारिक कार्यक्रम गरी ईन्फोटेक समापन गरिएको हो ।
५ दिन सम्म चलेको क्यान ईन्फोटेकमा १ लाख ५० हजार भन्दा बढिले अवलोकन गरेका छन् । ईन्फोटेक समापन समारोहमा बोल्दै क्यान महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले स्थानिय तहले स्मार्ट सिटी लगायतका विषयमा कुरा गरेपनि उचित समयमा सहकार्य नभएको भन्दै क्यान महासंघ जहिले पनि सूचना प्रविधिको विषयमा जुन सुकै निकाय संग पनि सहकार्य गर्न तयार रहेको बताए ।
उनले यस्तो खालको प्रर्दशनी खासगरी व्यापार गर्नकोलागि भन्दा पनि सूचना र प्रविधिको बारेमा आम जनमानसमा जनाकारी दिन र पहुँच विस्तार गर्नको लागि गरिएको धारणा राखे । उनले भने–‘हामी नाफा कमाउन भन्दा पनि सूचना, प्रविधिको जानकारी प्रदान गर्नको लागि आयोजना गरेका हौ, जुनमा सफल भएका छौ । ’
उनले सूचना प्रविधि नै समृद्धिको मुल आधार भएको भन्दै केन्द्र सरकार, प्रदेश र स्थानिय तहले गर्ने समृद्धिका विचमा सूचना प्रविधि नै पुलको रुपमा कार्य गर्न सफल भएको बताए ।
कार्यक्रममा बोल्दै क्यान महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष धुब्रराज शर्माले क्यान ले बेला बेलामा गर्ने प्रर्दशनीले सूचना प्रविधिको विस्तारमा महत्वपूर्ण भुमिका खेलेको बताए । कार्यक्रममा क्यानम हासंघ रुपन्देहीका पुर्व अध्यक्ष तथा क्यान प्रदेश ५ का उपाध्यक्ष रोशन कण्डेल, आस्पा नेपालका अध्यक्ष लोकेस मानन्धन, स्टाट अप वाईटेक (मुइन ईन्टरनेशन)का एमडी सन्तेष गौतम लगायतले बोलेका थिए ।
ईन्फोटेकको अन्तीम दिन प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले ईन्फोटेकको अवलोकन गरेका छन् । ईन्फोटेकको अवलोकान गर्दै उनले अध्याधुनिक सुरक्षा उपकरण, शिक्षण सामग्री र नेपाली विद्यार्थीहरुद्धारा निर्माण गरिएका अध्याधुनिक प्रविधिलाई विशेष चासोको साथ हेरेका थिए । खास गरेर एक क्यारेट सम्म तौल उठाउन सक्ने ड्रोन, वाई र्फाइ भन्दा १०० गुण बढि स्पीडमा चल्ने लाईफाई टेक्नोलोजी, स्वचालित स्मार्ट गाडी, मानव नामक कृत्रिम मानव र स्मार्ट ऐनमा विशेष रुचीका साथ अवलोकन गरेका थिए । उनले यसको प्रर्वद्धनमा विशेष सहयोग मन्त्रालयको रहने बताएका थिए ।

ईन्फोटेकमा आयोजना गरिएको नया प्राविधिक आविष्कार (ओपन कमटेक च्यालेन्ज) प्रतिष्पार्धामा प्रथम स्थान प्राप्त गर्दै अक्सफोड माविका विद्यार्थी कपिल ज्ञवालीले ३० हजार सहित प्रसंसा पत्र, मायाको चिनो र आर्कषक पुरस्कार प्रदान गरिएको थियो उनले आईआरआर कप्टर प्रोजेक्ट निर्माण गरेका थिए ।
अतिरिक्त क्रियाकलाप संयोजक माधव अर्यालका अनुसार द्धितिय स्थानमा दुई वटा समुह पुरस्कृत भएका छन् ।
न्यु होराईजनका रोहन भटराईले आविश्कार गरेको स्मार्ट मिरर र गोरर्खा बोडीङ्ग स्कुल दाङ्गका विद्यार्थी जीवन बोहोरा र अमन यादवले आविस्कार गरेको लाईफाई टेक्नोलोजी लाई १०÷१० हजार रुपैयाँ सहित प्रसंसा पत्र, मायाको चिनो र आर्कषक पुरस्कार प्रदान गरिएको थियो ।
्यस्तै कालिका मानव ज्ञान माविका विद्यार्थी लक्ष्मण पौडेल नेतृत्वको समुहले आविस्कार गरेको मानव नामक कृत्रिम रोवर्ट ले तृतिय स्थान प्राप्त गर्दै १० हजार नगद पुरस्कार सहित प्रसंसा पत्र, मायाको चिनो र आर्कषक पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै चौथो स्थान न्यू होराईजन जिविएस माविका विद्यार्थी शुलभ बस्यालको नेतृत्वको समुहले आविस्कार गरेको स्मार्ट भेईकल(गाडी) लाई नगद ५ हजार सहित सहित प्रसंसा पत्र, मायाको चिनो र आर्कषक पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै सान्तवना स्थानमा नविन औद्योगीक कदर बहादुर रिता माविका विद्यिार्थी दाजुभाई लभ पन्थी र कुस पन्थीले आविस्कार गरेको गोगो रोर्वट(स्वचालित मानव) लाई र लुम्बिनी ईन्जीनियरिङ्ग कलेजका भुपु विद्यार्थी अरविक पुन र दुर्गेश वानीले आविस्कार गरेको ईन्जीनियरिङ्ग प्रोजेक्ट लाई संयुक्त रुपमा नगद २÷२ हजार सहित प्रसंसा पत्र, मायाको चिनो र आर्कषक पुरस्कार प्रदान गरिएको थियो । यसका अतिरिक्त गोगो रोर्वट र स्मार्ट ऐना लाई थप परिस्कृत गर्न आवश्यक प्राविधिक सहयोग गर्ने घोषणा समेत गरको थियो ।
यस्तै ईन्फोटक चल्दै गर्दा सम्पन्न सूचना र प्रविधि विकासको पुर्वाधारः रोजगारी शिक्षा र समृद्धिको आधार विषयक वक्तृत्वकला प्रतियोगीता र अन्तरविद्यालय लोक नृत्य प्रतियोगीताका विजेताहरुलाई नगद सहित प्रसंसा पत्र, मायाको चिनो, शिल्ड मेडल र आर्कषक पुरस्कार प्रदान गरिएको प्रसार प्रसार संयोजक तथा क्यान महासंघ रुपन्देहीका सह सचिव सुरेश चन्द्र भट्राईले जानकारीदिए ।
जसको प्रयोजन ईन्फोटेकको एजुकेशनल पार्टन एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले गरेको थियो ।
कर्याक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षता र सचिव विर बहादुर क्षेत्रीको सञ्चालनमा भएको थियो ।
इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स का साथै नेपाली वैज्ञानिक तथा विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधि लगायतका एक सय बढी स्टल रहेका थिए ।
ईन्फोटेकमा हरेक दिन टिकट काटेर प्रवेश गर्ने दर्शकको लागि एस.टी ग्रुपको तर्फबाट लक्की ड्र बाट एउटा ओटो मोवाईल प्रदान गरिएको थियो ।
यस्तै माईक्रोटेक कम्प्युटर ले हरेक दिन एक जना दर्शकलाई के सेभेन टोटल सेकुरेटी उपलब्ध गराउदै आएको थियो ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाले सन् २००२ देखी नै सुूचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पु¥याउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य सहित क्यान ईन्फोटेक आयोजना गर्दै आएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.