नेपाल पुलिस तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

 

बुटवल, ७ फागुन
नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा रंगशालामा आज सम्पन्न खेलमा भारतको दाजिलिङ्ग युनाइटेडलाई २(० गोल अन्तरले पाखा लगाउँदै पुलिस विजयी भएको हो । पुलिसको जितका लागि रवि पासवानले पहिलो हाफमा थपिएको अतिरिक्त समय ९४ औं मिनेट मा पहिलो गोल गरेका थिए भने मिलन राईले ६८ औं मिनेटमा खेलको अन्तिम गोल गरेका थिए ।
पाहुना टोली दाजिलिङ्ग युनाइटेडका खेलाडीले गरेको केही गोल प्रयासलाई पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट बचाउ गर्दै विफल तुल्याइदिएका थिए ।खेलमा पुलिसका रवि पासवान म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार हात पारे ।
बुधबारको दोस्रो क्वाटर फाइनल खेल विदेशी टिम दाफिन्स एफसी क्यामरुन र झापा ११ बीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार,उपविजेताले ५ लाख ५० हजार पाउनेछन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.