राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकियो ः प्रम ओली

 

 

काठमाडौं, फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकिएको बताउनुभएको छ ।
सहिद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले अब क्रान्तीकारीहरुले समाज परिवर्तनका लागि ज्यान दिएकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोले यसलाई मजवुद बनाउन सबैजना लाग्नु पर्ने बताउनुभएको छ । “राजनीतिक अधिकार प्राप्ती मात्र पूर्ण लोकतन्त्र होइन । राजनीतिक अधिकारसागै जनताका आधारभुत आवश्यकता पुरा भएको हुनु पर्दछ । त्यो मात्र पूर्ण लोकतन्त्र हो । सरकार त्यही पूर्ण लोकतन्त्रको अनुभुती जनतालाई गराउन लागि परेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । अब उनै सहिदहरुको सपना साकार पार्न सरकारले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्ने बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
सहिद आजातले नेपाल जनताको मक्ति,समानताका लागि जीवन आुहती दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “मेरो वहाँसँग भेट हुन पाएन । वहाँलाई पढें र सुने मात्र मैले । म जेलमै हुँदा वहाँ मारिको खबर पांए । तर पनि वहाँलाई म बाटो नबिराउने गुरुको रुपमा स्मरण गर्दछु । ”
बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आजातको स्मृति प्रकाशन गरिएको ‘सहिद ऋषिराज देवकोटा आजात ः नेपाली क्रान्तीका अभिमन्यू’ नामक पुस्तकको पनि बिमोचन गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.