नेकपा तिलोत्तमा टोल कमिटी निर्माणमा

 

तिलोत्तमा,  फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर १३ र १४ को नवगठित शाखा कमिटीको सोमबार संयुक्त सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । सपथग्रहणसँगै नेकपा तिलोत्तमा नगर कमिटी सोमबारबाटै टोल कमिटी निर्माणको अभियानमा जुटेको नगर अध्यक्ष मोहन चापागाईले जानकारी दिए ।
तिलोत्तमा १३ र १४ को नवगठित शाखा कमिटीलाई पार्टीका पाँच नम्बर प्रदेश कमिटी सदस्य अनुप बरालले सपथग्रहण गराएका थिए । त्यस अवसरमा बोल्दै उनले पार्टी संगठनलाई बलियो बनाउन तल्ला कमिटीहरुको विशेष भूमिका हुने भएकाले पार्टी वडा तथा टोलस्तरमा कमिटी निर्माणमा जुटेको बताए ।
नेकपाका नगर अध्यक्ष मोहन चापागाईले शाखा कमिटी निर्माणले कार्यकर्ता पंक्तिमा उत्साह थपेको भन्दै अव पार्टी र सरकारले गरेका निर्णयहरु जनतामाझ पु¥याउन मातहतका कमिटीहरुलाई निर्देशन दिए ।
त्यस अवसरमा पार्टीका नगर सचिव लक्ष्मण खनाल, तिलोत्तमा वडा नम्बर १३ का शाआ कमिटी अध्यक्ष लिलबहादुर क्षेत्री, १४ का शाखा अध्यक्ष धनबहादुर थापा, तिलोत्तमा १३ का वडाअध्यक्ष गणेश न्यौपाने, १४ का वडाअध्यक्ष सोहन थारु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अब तिलोत्तमाका सबै वडामा यही फागुन ३० गतेभित्र टोल कमिटी निर्माणको काम पनि सम्पन्न गरिने नगर अध्यक्ष चापागाईंले जानकारी दिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.