तिलोत्तमा १ मा नेकपाको सपथ

 

तिलोत्तमा, १४ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा वडा नम्बर १ को नवगठित शाखा कमिटीको मंगबलार संयुक्त सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । टोल कमिटी निर्माणमा जुटेको नेकपाले वडा नम्बर १ मा शाखा कमिटीका सदस्यहरुलाई सपथग्रहण गराएको हो । पार्टीका प्रदेश कमिटी सदस्य एवं जिल्ला कार्यदलका सदस्य गोपाल भट्टराईले सपथग्रहण गराएका हुन् ।
कार्यक्रममा बोल्दै भट्टराईले वर्तमान राष्ट्रिय सन्दर्भका विषयमा चर्चा गर्दै पार्टी कमिटीलाई जनताका काममा सक्रिय भइ लाग्न आग्रह गरे । नेकपा तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले पार्टी एकताको भावनालाई आत्मसात गर्दै जिम्मेवारी पूरा गर्न शुभकामना दिए । कार्यक्रममा तिलोत्तमा नगर सचिव लक्ष्मण खनाल, वडा नम्बर १ का वडाअध्यक्ष तामनाथ पाण्डेले पनि मन्तव्य व्यक्त गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.