दुर्घटनाको कारण पत्ता लगाउन छानविन आयोग गठन, राष्ट्रिय शोक मनाउँने र सार्वजनिक विदा दिने सरकारको निर्णय

 

बुटवल ।फागुन १४ । सरकारले पर्यटनमन्त्री अधिकारी सहित सात जनाको निधन हुने गरि भएको हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गर्न
चार सदस्यीय आयोग बनाएको छ । पूर्व सचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा बनेको चार सदस्यीय आयोगका सदस्यमानेपाली सेनाका सहायक रथी दिपकप्रसाद बास्तोला,क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन् ।
घटना लगत्तै बुधवार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री अधिकारी सहितको निधनमा राष्ट्रिय शोकको घोषणा समेत गरेको छ । बिहिवार सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।
बैठकले मन्त्री अधिकारी सहित दिव‌गतहरुको राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने र बिहिवार सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय समेत गरेको छ।
मन्त्रिपरिषद बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वर्गीय अधिकारीका परिवारलाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका छन् । प्रधानमन्त्रीसँग अन्य मन्त्रीहरु पनि सँगै गएका थिए

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.