मैले चिनेका रवीन्द्र, रामकृष्ण भण्डारी

काठमाडौं । आफ्नो स्वार्थ मिल्दा र मन पर्दा देवत्वकरण गर्ने तर नमिल्दा सत्तेसराप गर्ने हाम्रो प्रवृति नै भैसके जस्तो लाग्छ । त्यसमाथि राजनीतिमा त यस्तो प्रवृति झन बढी छ । तर यो प्रवृति संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीका हकमा भने आंशिक रुपमा मात्रै देखियो । किनभने ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रवीन्द्रले बाँचुन्जेलछिटपुट रुपमा आलोचना बाहेक सत्तेसराप ब्यहोर्नु परेन् । निधनपछि त झन उनको स्मरण र योगदानको चर्चा भैरहेको छ । पत्रकारिता कर्ममै भैरहँदा मैले रवीन्द्र अधिकारीसँग केही संगत गर्ने मौका पाएको थिए । एउटा पत्रकारका रुपमा मैले चिनेका रवीन्द्र यस्ता थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनपछि २०६५ मा उनीसँग संविधानसभा र संसदीय दलको बैठकमा भेटघाट हुन्थ्यो । त्यो बेला म मुख्य रुपमा नेकपा एमाले बिट हेर्थे । माओवादी नेतृत्वको सरकार ढलेपछि बनेका एमाले नेतृत्वमा सरकार बनेपछि सरकारबारे पनि रिपोर्टिङ गर्दा भेटघाट झन बाक्लो हुन्थ्यो । संविधानसभा सदस्यका रुपमा युवा नेता रवीन्द्र अधिकारीको सक्रियता बेग्लै थियो । भलै त्यो बेला सबै राजनीतिक निर्णयको अधिकार प्रमुख दलका नेताहरुको मुठ्ठीमा थियो । तर उनी काम गर्दै नेताहरुलाइ पनि दवाव दिइरहनुपर्ने बताउँथे । पहिलो संविधानसभा विघटन हुने दिन नजिकिँदै गर्दा रवीन्द्रले दलका नेताहरुलाइ एक ठाउँमा उभ्याउन भरमग्दुर प्रयास गरेका थिए । संविधानसभाको म्याद केहीदिनमात्रै बाँकी छँदा एकदिन मैले सोधेको थिए, दाई यो दौडधुपले केही पार लाउला र रु उनले हाँसेर हातले कपाल मुसार्दै भनेका थिए– हैन,यो संविधानसभा नै रहेन र संविधान बनेन भने त हाम्रो राजनीति नै असफल हुन्छ नि ।’रवीन्द्रले पहिलो संविधानसभाबाट संविधान नबनेकोमा उनी धेरै चिन्तित थिए ।
२०७० सालको दोश्रो संविधानसभा निर्वाचनका क्रममा फेरि केहीदिन रवीन्द्र अधिकारीसँग नजिकबाट भेट्ने मौका मिल्यो । त्यो बेला म कान्तिपुर टिभिबाटै संविधानसभाको रिपोर्टिङ गर्न पश्चिम क्षेत्र खटिएको थिए । कास्की क्षेत्र नम्वर ३ मा चुनाव लडेका रवीन्द्रसँग पोखरामा उनकै निर्वाचन क्षेत्रमा भेट भयो । उनी चुनाव प्रचारका क्रममा जाँदा एकदिन क्यामेरा म्यान राजु तिमिल्सिना र म उनीसँगै पछिपछि हिड्यौ । किनभने उनको क्षेत्रका कार्यकर्ता र मतदाताले उनलाई कसरी हेर्छन र उनले केकस्ता आश्वासन बाड्छन भन्ने बुझ्न चाहन्थ्यौ हामी । कतिपय बेला पोखरा सहकर्मी बसन्तराज अधिकारी र इन्द्र पौडेल तथा कान्तिपुर सहकर्मी दुर्गा खनालसँग पनि सँगै भयौ ।
त्यो चुनावी अभियानमा रवीन्द्रको सक्रियता र आत्मविश्वास एकदमै बलियो थियो । होचो कदका उनी जहाँ पुग्थे सबैले खुलेर सम्मान र मतदिने विश्वास दिन्थे । रवीन्द्र भने दुइहात जोडेर हास्दै पोखराको विकास गरेरै छाड्ने बाचा गर्थे । गरिव र बुढाबुढीसँग उनी लामै कुराकानी गर्थे । बुढाबुढीसँग विकासका कुरा गर्थे भने जान्नेबुझ्नेहरुसँग पहिलो संविधानसभाबाट संविधान बनाउन नसकिएको भन्दै यसपाली पार लाएरै छाड्ने बाचा गर्थे । उनको चुनाव प्रचार शैली गज्जवको र आत्मविश्वासले भरिएको थियो ।फरक विचारका र प्रतिष्पर्धीसँग पनि उनी खुलस्त र उदार भएर कुरा गर्थे । चुनाव प्रचारकै क्रममा काँग्रेस उम्मेदवार र कार्यकर्तासँग भेट हुँदा पनि हाँसेरै गफ गरेका थिए ।
चुनाव प्रचार चलिरहँदा मध्यान्ह हामीले एउटै होटलमा सँगै खाना खायौ । त्यो बेला मैले सोधे–दाई चुनाव त जित्नुहुन्छ होला नि है रु उनले त्यहाँ पनि हास्दै भने– यहाँका मतदाताले मलाइ नै जिताउँछन । धेरै गर्नुछ मैले पनि । ढुक्कैले जितिन्छ । तर पहिलो संविधानसभामा संविधान बनाउँछु भनेर असफल भएको प्रंसंगमा भने उनले माओवादी,काँग्रेस र एमालेकै गल्तीले संविधान बन्न नसकेको कुरा लुकाएनन् ।त्यहाँ हामीले खाएको खानाको पैसा आफैले दिएपछि भने उनले ‘मसँग एक छाक खादा पनि यस्तो गर्ने तपाईहरु रु’ भनेर गुनासो समेत गरेका थिए ।

जब दोश्रो संविधानसभाको चुनाव भयो उनले जीते 

रवीन्द्रसँग संविधानसभामा फेरि भेट हुन थाल्यो । उनी विकास समितिको सभापति भएपछि त्योबेला म केही समय विहानी सिफ्टमा रिपोर्टिङ गर्थे । समितिका धेरै बैठकहरु विहान नै हुन्थे । त्यसलै भेट झन बाक्लो भयो । विकास समितिमा उनले धेरै काम गरेका छन् । भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल र मेलम्चीको पानीमा भैरहेको ढिलाई, फास्ट ट्रर्याक तथा कालिगण्डकी करिडोर र चीन जोड्न कोरला नाका र दुरसंचारको विकासमा उनले पटकपटक छलफल गरेर काम अघि बढाए । कतिपय क्षेत्रमा आफै स्थलगत अध्ययन अबलोकन समेत गरे । उनमा विकासका कामलाई अघि बढाउने हतारो मात्रै हैन हुटहुटी नै थियो जस्तो लाग्छ ।त्यति मात्रै हैन त्योबेलाको निधेषको राजनीतिकाबीच पनि रवीन्द्रले संविधानसभा⁄ संसदमा युवा नेताहरुसँग खुलेरै हार्दिकता प्रकट गर्थे । आफ्ना दलका कार्यकर्तालाई मात्र हैन युवाहरुलाइ राजनीतिमा आकर्षण गर्ने एउटा पात्र थिए उनी ।

त्यसैले त धेरैले राजनीतिका एक असल पात्र ठान्छन उनलाई

पछिल्लो समय उनी एमालेको केन्द्रीय सदस्य भए । संघीय संसदको निर्वाचन जितेपछिको सरकारका संस्कृति तथा पर्यटन मन्त्री भए । उनले कामको प्रयास गरिरहेका थिए । भलै अपेक्षा जस्तो थियो त्यो गर्न नसकेकोमा उनी आलोचित पनि थिए । त्यसमाथि वाइडवडी विमान खरिद प्रकरणको भ्रष्टाचारमा मुछिएपछि उनको बढी आलोचना भयो । तैपनि उनमा आत्मविश्वास देखिन्थ्यो कि एकदिन निर्दोषिता प्रमाणित हुनेछ भन्ने । मन्त्री भएपछि मैले फोन गरेर बधाई दिए । बस्नुपर्छ है भनेका थिए । तर सत्ताको पदमा हुनेहरुसँग काम नपरे म खासै भेटन नजाने भएकोले बाक्लो भेट भएन । फागनु दोश्रो साता पोखरामा पत्रकार महासंघको साधारणसभामा जाँदा करिव ३ मिनेट संक्षिप्त तर महत्वपूर्ण कुरा भएको थियो । ९त्यो कुरा मैले कुनैबेला कोड गरेर सार्वजनिक गर्नेछु । ० काठमाडौं फर्केपछि एकदिन अलि लामै समय भेट्ने कुरा पनि भएको थियो । त्यो दिन नआउँदै रवीन्द्र अस्ताए ।

रवीन्द्र अधिकारीको केही गर्ने हुटहुँटी बाँकी छँदै निधन भयो । तर त्यो काम उनले अब केही असल र इमान्दार युवाहरुलाई छाडेर गएका छन् । नेपाली राजनीतिमा नैतिकता हराएको र नेताहरुको पद र पैसामा आशक्ति बढी छ । त्यसमा केही अपबादका पात्र मध्ये एक थिए रवीन्द्र । मैले बुझेसम्म रवीन्द्र सारै सक्रिय र आत्मविश्वास भएका एक असल युवा नेता थिए । निरासा मात्रै हैन आशा पनि छ भन्ने देखाउने नेता थिए उनी । विश्वासको संकटमा रुमल्लिएको र भ्रष्टाचारको आहालमा फसेर दिशाहीन बन्दै गएको राजनीतिलाइ सही बाटोमा हिडाउँन युवा पुस्ता सक्रिय हुनुपर्छ भन्ने उदाहरण थिए रवीन्द्र । अब रवीन्द्र छैनन् तर उनले देखाएको बाटो भने छ । त्यसमा हिड्ने हिम्मत युवा पक्तिले गर्न सके उनीप्रति सच्चा श्रद्दान्जली हुनेछ ।

[email protected]

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.