मन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, पोखराको शवयात्रामा हजारौं सहभागी

बुटवल । फागुन १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपाका नेता रवीन्द्र अधिकारीको गृहजिल्ला पोखराको रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

गृहजिल्ला कास्कीको पोखरामा श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको रामघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । त्यस अवसरका नेपाली सेनाको टुकडीले २१ तोपको सलामी अर्पण गरेको थियो । मन्त्री अधिकारीको शवमा उनका जेठा छोरा विराज अधिकारीले दागवत्ती दिए ।

त्यसअघि पार्टी कमिटी र परिवारको आग्रहमा शुक्रवार नै अपरान्ह मन्त्री अधिकारीको शव पोखरा लगिएको थियो । त्यहाा श्रद्धाञ्जलीका लागि मन्त्री अधिकारीको शव नयाा बजारस्थित प्रदर्शनी केन्ऽमा राखिएको थियो ।
श्रद्धाञ्जलीपछि नयााबजार, महेन्ऽपुल हुादै रामघाटसम्म शवयात्रामा नेकपाका नेता कार्यकार्ताका साथमा हजारौ सर्वसाधारण, आफन्त र शुभचिन्तकहरु सहभागि भए । श्रद्धाञ्जली सभामा सहभागीहरु दुःखी र निरास थिए । नेकपाका कतिपय नेता तथा कार्यकर्ताका र आफन्तको रुवाबासी चलेको थियो ।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन रक्षा मन्त्री इश्वर पोखरेल पोखरा गएका थिए । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुग सहित मन्त्रीहरु,नेकपाका नेता कार्यकर्ताका साथमा सुभेच्छुकहरुको ठूलो मात्रामा उपस्थिति थियो । कास्कीको भरतपोखरीमा जन्मिएका अधिकारी विद्यार्थी कालबाटै राजनीतिमा प्रवेश गरेका थिए ।
पोखरा लानुअघि पोस्टमार्टम गरेर शुक्रबार बिहान दुर्घटनाका मृतक सातै जनाको पार्थिव शरीर सामूहिक श्रद्धाञ्जलीका लागि काठमाडौाको टुाडिखेलमा राखिएको थियो ।

ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोला क्षेत्रको तारेभीरमा १५ गते भएकोे हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्ऽप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्राधिकरणका इन्जिनियर ूुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.