सरकारका राम्रा कामको प्रशंसा र नराम्रा कामको खवरदारी गर्छाै ः कोईराला

 

देवदहको मेला सुरु, १० करोड बढीको कारोवार हुने

देवदह,  फागुन । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले समृद्ध मुलुकका लागि स्थानीय स्रोत साधनका प्रयोग गर्नुको विकल्प नभएको बताउनु भएको छ । मुलुक समृद्धिको दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै उहाँले स्थानीय साधन र स्रोतको प्रयोग गर्न सके समृद्धिको सपना साकार हुने बताउनुभयो । रुपन्देहीको देवदहमा शुक्रबारदेखि सुरु भएको पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै महामन्त्री कोईरालाले सरकारले गरेका राम्रा कामको प्रशंसा र नराम्रा कामको खवरदारी गर्ने धारणा राख्नुभयो । महामन्त्री कोइरालाले विदेशिएका युवालाई स्वदेशमै रोजगारीको बाटो सृजना गर्नु अहिलेको मुख्य एजेण्डा भएकाले उत्पादनमुलक क्षेत्रको खोजि गरि युवालाई स्वदेशमै बस्ने वातावरण सृजना गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले बुद्धमावली देवदहलाई विश्वमा चिनाउनका लागि परातात्वीक स्थलको उत्खनन् र पर्यटकीय क्षेत्रलाई बढावा दिनु पर्ने भनाई राख्नुभयो । कार्यक्रममा प्रदेश ५ का सांसद डाक्टर कृष्ण न्यौपानेले देवदहको विकास तथा ब्यवसायिक नगरि बनाउनु अहिलेको प्राथमिक्ता रहेको बताउनुभयो । उहाँले देवदहलाई पर्यटकीय नगरिका रुपमा विकास गर्न तथा ब्यवसायिक नगरिका रुपमा स्थापीत गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।

देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, राप्रपाका केन्द्रीय सदस्य ताहिर अलि, देवदह नगरपालिकाका उपमेयर बिद्यालक्ष्मी गुरुङ्ग, पश्चिमाञ्चल डिलर एशोसियशनका अध्यक्ष प्रेम न्यौपाने, देवदह आदर्श बहुमुखि क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, देवदह ब्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, देवदह उद्योग बाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठ, महासचिव हरि भण्डारी लगायतले मेला सफल बनाउनका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथमा शुक्रबारदेखि सुरु भएको मेलामा स्थानीय उत्पादन, गर्मेन्ट, घरेलु उद्योग, वित्तियसंस्था, हस्तकाला, होटल, रेष्टुरा, कृषि, कृषिजन्य उत्पादनलगायत ४५ बढी जिल्लाबका ३ सय स्टलहरु रहेका छन् । अहिलेको मेलालाई करिव ३ बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा गरिएको उद्योग बाणिज्य संघले जनाएको छ । मेलाको दोस्रो दिन शनिबार चर्चित आधुनिक गायक हेमन्त शर्मा, लोक दोहोरी गायिका सम्झना भण्डारी, लोक दोहोरी गायक दिपु मगर, हाँस्य कलाकार दिपक थापा, आधुनिक गायक विश्व थापा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती साथै सिङ्गीङ आईडलको जज राउण्ड हुने साँस्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.