अर्ना दोहोरी प्रतियोगिताको तयारी पूरा

 

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमितिको आयोजना तथा जिल्ला कार्यसमिति रूपन्देहीको सहआयोजनामा भोली आइतबारदेखि बुटवलमा हुन लागेको पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनि·शिल दोहोरी गीत प्रतियोगिता तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरण पुगेको आयोजकले जनाएको छ ।
आयोजकले शुक्रबार मेला सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको स्टेज लगायत केही थोरै काम बाहेक सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी गराएको हो । आगामी २५ गते सम्म संचालन हुने उक्त प्रतियोगिताको प्रदेश नं. पाँचका मुख्य मन्त्री माननीय शंकर प्रसाद पोखरेल ले उद्घाटन गर्ने कार्यक्रम छ । विगतका वर्षहरूमा राजधानीमा हुँदै आएको यो प्रतियोगिता पहिलो पटक राजधानी बाहीर हुन लागेको हो । प्रतियोगितामा देशभरका २ हजार बढि कलाकारहरूको सहभागिता रहने र पचास हजार बढि दर्शकको उपस्थिती रहने सह आयोजक संस्थाका अध्यक्ष दिपक गरौजाले बताए । त्यस्तै प्रतियोगितामा शुक्रबार सम्म ४८ जनाले नाम दर्ता गरिसकेको र ५० भन्दा बढि समूहको सहभागिता रहने पनि उनले बताए । कार्यक्रममा बोल्दै संस्थाका संरक्षक तथा केन्द्रिय सल्लाहकार खिम बहादुर हमालले यो राजधानी बाहीर पहिलो पटक रुपन्देहीले यो प्रतियोगिता आयोजना गर्नै अवसर पाएको भन्दै यसलाई भव्य रुपमा सफल पानू हामी सबै रुपन्देहीबासीको प्रतिष्यठाको विषय रहेको बताए । दोहोरी प्रतियोगितामा विगतका वर्षहरूमा एक समुहमा महीला पुरुष अनिवार्य गरिएपनि अहिलेदेखि भने पुरुष वा महीला एक्लैले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । यसले गर्दा पनि यस पटकको यो प्रतियोगिता फरक खालको हुनेछ ।
मेलामा १ सय २० वटा स्टल रहने र बाल उद्यान तथा रेष्टुरेण्टका स्टलहरूपनि रहनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख बिस हजार, तृतीय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई ३५ हजार रूपैया पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै उत्कृष्ट गायक गायिकालाई जनही १५ हजार रूपैया पनि प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य, लक्ष्मण खड्का, बैकुण्ठ महत, पाँच नं. प्रदेश समिति अध्यक्ष डिल्लीनारायण पाण्डेय, लगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका सचिव दिपु मगरले गरेका थिए ।
यस्तै यही दोहोरी प्रतियोगिताकै अवसर पारेर मणिमुकुन्द भलिवल क्लबको आयोजनामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता पनि हुन लागेको जानकारी गराउन चाहन्छौं । जुन प्रतियोगितामा १२ जिल्लाका खेलाडीहरूको सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.