प्रधानमन्त्री ओलीद्वारा नेता अधिकारीको निधनमा दुःख व्यक्त

 

काठमाडौं,१९ फागुन, प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । हिजो राती उपचारको क्रममा निधन हुनुभएका ८३ बर्षीय अधिकारीलाई प्रधानमन्त्री ओलीले आज बिहान पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा पुगेर श्रद्धान्जली व्यक्त गर्नुभएको छ । अधिकारीको पार्थीव शरिरमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओडाएर सम्मान गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री अधिकारी चारपटक अर्थ मन्त्री र एकपटक निर्माण तथा यातायात मन्त्री हुनुभएको थियो । यसैबीच नेकपाको आज बिहान बसेको सचिवालय बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ ।

 

 

अध्यक्ष ओली र दाहालले जारी गरेको वक्तव्यमा अधिकारीले मुलुकको परिर्वतन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको छ । वक्तव्यमा अधिकारीकी श्रीमती सविता,छोरीहरु लुना,लिमा र लिजा लगायत सम्पूर्ण आफन्जनमा समवेदना व्यक्त गरिएको छ । पार्टीको सचिवालय बैठकले अधिकारीलाई सबैसंग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका भएका नेताको रुपमा स्मरण गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.