परिवर्तन नचाहनेहरु अहिलेको सरकारसँग डराएका छन् ः विज्ञान र प्रविधिमा चमत्कार नआएकोभए मेरो तिनदिन अघि १२ औ पुन्य तिथि हुने थियो .  प्रधानमन्त्री

 

रुपन्देहीको तिलोत्तमामा मेडिकल कलेज आयोजना उद्घाटन

बुटवल, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तन नचाहनेहरु अहिलेको सरकारसँग डराएको बताएका छन् । ‘सरकारले राम्रा काम अघि बढाइरहँदा कतिपय आतंकित भएका छन् । उनीहरुले जे गरे पनि नराम्रो ठान्छन् ।’ शुक्रबार रुपन्देहीको तिलोत्तमा–१, नयाँमिलमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘एयरपोर्ट बनाउँदा, सिके राउतलाई मुलधारको राजनीतिमा ल्याउँदा, जे गर्दा पनि उनीहरु सरकारकैं विरोधमा हुन्छन् ।’ प्रधानमन्त्री ओलीले जति विरोध गरे पनि सरकारले चौतर्फी रुपमा विकासका काम अघि बढाउने प्रष्टाए ।
मुलुकभर विकासको लहर चलिरहेको चर्चा गर्दै उनले यो लहर समृद्ध नेपाल नबन्दासम्म चलिरहने बताए । ‘विकास यो अभियानले समृद्ध नेपाल खुशी नेपाली बनाएर छोड्छ ।’ प्रधानमन्त्री ओलीले भने । उनले सरकारले गरेका राम्रा कामको विरोधमा कतिपय बुद्धिजीवी र मिडिया समेत लागिपरेको उल्लेख गरे । नेपाली जनता खुशी नेपाली हुन पाउनुपर्छ भन्ने अभियानमा वर्तमान सरकार लागिरहेको बताउँदै प्रधानमन्त्री ओलीले यसबाट आफू विचलित नहुने प्रष्ट पारे । प्रभावकारी रुपमा बैज्ञानिक ढंगबाट नै उपचार गर्ने गरी प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापना भई सञ्चालन हुने मा विस्वत हुन आग्रह गरे । उनले १२ बर्ष पहिला आफ्नो मृगौलाको फेल भएर उपचार गरिएको प्रसंघ विज्ञान र प्रविधिमा चमत्कार नआएकोभए मेरो तिनदिन अघि १२ औ पुन्य तिथि हुने थियो
निकाल्ने भने तर मागेर राखेको, सापट ल्याएको मृगौला आज प्रधानमन्त्री समेत भए । ’
अहिलेको समय विज्ञानले प्रगती उन्नती गरेको युग भएको कारण यसमा सरकार पनि सोही प्रकृतिले लागिपरेको बताएका थिए ।
कार्यक्रममा पुर्व अर्थ मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संसाद विष्णु प्रसाद पौडेलले विकास लहरको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री बाट उद्घाटन भएको कार्यालय र मेडिकल परियोजना प्रधानमन्त्रीको यहि कार्यकालमा नै पुरा हुने धारणा राखे । उनले भने– यहि सरकारको पालामा नै यो मेडीकल कजेज सञ्चालनमा आउछ, उद्घाटनको लागि आजै नै प्रधानमन्त्री ज्युको समय बुकिङ्गगर्न चाहान्छौ ।

राष्ट्रिय एकता र शान्तिका लागि सबैबाट अटोठ चाहिएको बताउँदै उनले गौरवपूर्ण ईतिहास बोकेको देशलाई समृद्ध बनाउने अभियानमा सबैको सहयोग अपरिहार्य रहेको जनाए । फरक प्रसंगमा प्रधानमन्त्री ओलीले तिलोत्तमामा बन्ने मेडिकल कलेजले प्रदेश ५ बासीको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । विज्ञान र प्रविधिको लाभ सबै नेपालीको पहुँचमा पुर्याउन सरकारले प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज बनाउन थालेको जानकारी उनले गराए ।
स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आहार–विहारमा विशेष ध्यान दिन सबैलाई आग्रह गरे । स्वास्थ्यका सन्र्दभमा पूर्वीय दर्शनको गौरवपूर्ण ईतिहास रहेको चर्चा गर्दै उनले भोक लाग्नेगरी काम वा व्यायम गर्न सुझाए ।

प्रदेशबासीलाई सुलभ स्वास्थ्य सेवा दिन मेडिकल कलेज ः पौडेल
सोही कार्यक्रममा संघीय सांसद तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिभाशाली विद्यार्थीको स्वास्थ्य शिक्षामा पहुँच बढाउँदै प्रदेशबासीलाई सुलभ स्वास्थ्य सेवा दिन मेडिकल कलेज निर्माण गर्न थालिएको बताए । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मेडिकल कलेज निर्माणको निर्णय भएकोमा बीचमा केही अपेक्षित काम हुन नसकेको तर्फ इंगित गर्दै उनले काम मेडिकल निर्माणको काम अघि बढ्ने प्रष्टाए । ‘अब मेडिकल कलेज निर्माणको काम दु्रुत गतिमा अघि बढ्छ । यसलाई मेडिकल युनिभर्सिटीको रुपमा विकास गर्ने लक्ष्य छ ।’ उनले भने । पौडेल अर्थमन्त्री रहँदा आर्थिक वर्ष २०७३÷७४ मा मेडिकल कलेजको संभाव्यतका लागि बजेट विनियोजन भएको थियो ।

मेडिकल कलेज निर्माणको काममा सहयोग गर्न सधैं तयार छौं ः नगर प्रमुख
सो अवसरमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले मेडिकल कलेजको काम अघि बढेकोमा तिलोत्तमा नगरबासीहरु मात्र होइन, सम्पूर्ण प्रदेशबासीहरु नै अत्यन्त हर्षित भएका बताए । प्रदेशस्तरीय मेडिकल कलेजको अवधारणा ल्याई प्रदेश ५ को मेडिकल कलेज तिलोत्तममा पार्नुहुने सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडलप्रति उनले सम्मान व्यक्त गरे ।
मेडिकल कलेज प्रदेशबासीको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षासँग मात्र होइन सिङ्गो समृद्धिसँग जोडिएको बताउँदै प्रदेशबासी मेडिकल कलेजको निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न भएको हेर्न आतुर रहेको जनाए । मेडिकल कलेज निर्माणको सन्दर्भमा स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग, सहकार्य र समन्वयका लागि कहिल्यैं दिन—रात नभन्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठ, राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई, संघीय सांसद छबिलाल विश्वकर्मा, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उप–प्रमुखलगायतका जनप्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियो ।

यसरी अघि बढ्दैछ मेडिकल कलेजको काम
प्रस्तावित मेडिकल कलेज निर्माण हुने स्थान तिलोत्तमाको वडा नं. १ र ८ को वनक्षेत्रमा पर्दछ । अहिले आयोजनाको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव मानबहादुर घिमिरेले बताए ।
गत फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो । संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको थियो । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ ।
दुई सय बिघा जग्गामा कलेजका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । कम्तीमा तीन सय शैयाको अस्पताल बनाएर तीन वर्षसम्म सञ्चालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.