विप्लवको समस्या वार्ताबाटै खोजिनुपर्छःवैद्य

बुटवल, १५ चैत । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गल्ती गरेको बताएका छन् ।
उनले विप्लवको समस्या राजनीति रहेको स्पष्ट पार्दै सिके राउत लाई राजनितिक शक्ती मानेर रेसम चौधरीलाई जेलहाल्नेकाम राम्रो नभएको बताए । ब्रिटिस गोर्खा भूपू सैनिक संगठनको बैचारिक सांस्कृतिक कार्यक्रमको शुक्रबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष बैद्यले विप्लवलाई प्रतिबन्ध लगाउन भन्दा वार्ताबाटै समस्याको समाधान खोजिनुपर्ने बताए । उनले भने, ‘विप्लवको समस्या राजनीति हो । वार्ताबाटै समस्याको समाधान खोजिनुपर्छ प्रतिबन्द राज्यले लगाउन हुँदैन ।’ उनले सिके राउत संग के भएको हो स्पष्ट पार्नु पर्ने बताउदै के सरकार जनमत गराउन सहमत भएको हो प्रश्न गर्दै भने त्यसोहो भने गम्भिर भुलहुने बताए । अध्यक्ष बैद्यले प्रचण्ड र केपि ओलि कुन प्रिष्ट भुमिबाट आएकाहुन इतिहास नभुन्न आग्रह गरे । उनले प्रधानमन्त्री के पि ओलिले कसैका कुरा नसुन्दा समस्या  बताए ।
उनले विप्लवलाई पनि एउटा स्पष्ट धारणा ल्याउन आग्रह समेत गरे । उनले भने, ‘विप्लवले हाम्रो आन्दोलन कसैका विरुद्ध होइन भन्ने तर आधिकारिक धारणा ल्याउने गर्नु हुँदैन । स्पष्ट धारण विप्लवले पनि ल्याउनुपर्छ ।’ अध्यक्ष वैद्यले सरकारका गतिविधि पनि राम्रो नभएको बताए । उनले भने, ‘सरकार फासिबादतर्फ उन्मूख भयो ।’ अध्यक्ष वैद्यले देशमा विकास गरे विप्लप र अन्य संगठन हरु सरकार विरुद्ध उत्रेने अवस्था नआउने पनि दावि गरे । उनले सरकार विदेशि लगानि भन्दा स्वदेशि लगानि तर्फ ध्यान दिनुपर्नेमा त्यसो नगरेको बताए ।

Comments

comments