बुटवलमा साझा हस्पिटल प्रालि सञ्चालनमा

बुटवल, १६ चैत । बुटवलमा विरामीहरू सहज र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले साझा हस्पिटल प्रालि सञ्चालनमा आएको छ । यस क्षेत्रमा अनुभवी चिकित्सहरूको समूहले बुटवल–८ श्रवणपथमा १५ शैयाको सुविधासम्पन्न साझा हस्पिटल सञ्चालनमा ल्याएका हुन् ।
हस्पिटलका अध्यक्ष डा. शान्ता शर्माले आफ्नै भवनबाट जिल्लामा सञ्चालित हस्पिटलमध्ये आफूहरूको दोस्रो र बुटवल उपमहानगर पालिकामा पहिलो हस्पिटल रहेको बताइन् । शर्माले आफूहरूले स्वास्थ्य संस्था स्थापना निर्देशिका पूरा गरेर हस्पिटल सञ्चालनमा ल्याएको दावी गरिन् । झण्डै तीन कठ्ठा जग्गा हस्पिटलको छ । रूपन्देहीको बुटवल पछिल्लो समय स्वास्थ्य संस्थाको ‘हव’ को रूपमा विकास हुँदै गएको छ ।
हस्पिटलमा मेडिकल सर्जिकल, अर्थोपेडिक, गाइनोकोलोजिक, न्यूरोलोजी, पेडियासिटक लगायको उपचार हुने सञ्चालन डा. इन्द्र ढकालले जानकारी दिए । उनले आफुहरुले आर्थिक पाटो भन्दापनि सामजिक दाईत्व र सेवाको भावनाले हस्पीटल खोलिएकाले सेवाग्राहिले गुणस्तरीय सेवा पाउने समेत दावि गरे । डा. ढकालले अब सवै हस्पीटलहरु मापदण्ड पुरागरेर चलाउनु पर्ने भएकाले पनि केहि समय भित्र बुटबलका धेरै हस्पितल नरहने पनि दावि गरे ।
हस्पिटलका संरक्षक सञ्चालक परशुराम ढकालले अस्पतालले छिट्टै शैया थप गरी आइसियु, एनआइसियु सेवा सहित आफ्नै एम्बुलेन्स पनि भित्राउने तयारीमा रहेको जानकारी दिए । सेवा सुभारम्भको अवसरमा दुई हप्तासम्म टिकटमा निःशुल्क गरिएको बताए । त्यस्तै साझा होलबडी चेकअप प्याकेज दुई हजार २ सय रुपैयाँमा, होलबडी चेकअप स्पेशन प्याकेज ३ हजार ५ सय रुपैयाँ राखिएको छ । बुटवलको लुम्बिनी प्रादेशिक हस्टिपलको नजिकै निजी हस्पिटलहरू थपिने क्रम बढेको छ । झण्डै सात करोड को लगानिमा खुलेको हस्पितलमा डाक्टर हरुकै लगानि रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.