प्रदेश ५ सरकारले हावाहुरी प्रभावितहरुलाइ एक करोड आर्थिक सहयोग गर्ने निर्णय

 

केशव भण्डारी

बुटवल,चैत २२ । प्रदेश ५ सरकारले प्रदेश दुइका बारा र पर्साका हावाहुरी प्रभावितहरुलाइ एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

प्रदेश ५ मन्त्रिपरिषदको आज बसेको वैठकले हावाहुरी प्रभावितको सहयोगका लागि प्र्रदेश २ सरकारको खातामा रकम पठाउने निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद वैठकले प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि पाँच लाख सहयोग गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
वैठकले प्रदेशसभा सदस्यहरुको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा गर्ने भनिएको प्रदेश सरकारको नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ ।

स्वास्थ्य वीमापछि भविष्यमा प्रदेशसभा सदस्य र मन्त्रीहरु विरामी हुँदा १० लाख रुपैयाँसम्म उपचारमा सरकारले सहयोग गर्नुपर्ने छैन ।
यस्तै मन्त्रिपरिषद वैठकले प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.