कुनै वाधा–अड्चन आए उधमी व्यावसायी म कहाँ आउनोस् , प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उधोगी व्यावसायीहरुलाई सम्वोधन गर्दै विधमान कानुनहरुमा के–कस्तो सुधार खोजिएको विस्तृत कार्ययोजना लिएर आउन आहृवान गर्नु भएको छ । कानुनी सुधार ः समृद्धिको आधार भन्ने नाराका साथ आयोजित नेपाल उधोग परिसंघको १६ औं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘व्यापार गर्ने क्रममा कुनै वाधा, व्यवधान आइलागे वा कर्मचारीहरुबाट कुनै समस्या उत्पन्न गरिए म कहाँ आउनोस ।’
प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित उधोगी, व्यावसायीहरुलाई सम्वोधन गर्दै अगाडि भन्नु भयो, –‘आफ्ना मौलिक उधोग खोलौं, सरकारले के सहयोग गर्नु प¥यो ? के छूट दिनु प¥यो ? भनौं ।’ कानुनको कुन पृष्ठमा, कुन दफा र उपदफामा के सुधार गर्नु प¥यो त्यो स्पष्ट आफुलाई बताउन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । उहाँले व्यापारी व्यावसायीहरुलाई भन्नु भयो, ‘आफूसँग भएको पैसा निकाल्नोस, लगानी गर्नोस । बाहिरबाट ल्याएको पैसा छ भने पनि स्वच्छ हो भन्ने प्रत्याभूति गर्नोस र लगानी गर्नोस ।’
नेपालमा कृयाशील जनसंख्या ठूलो परिमाणमा रहेको उल्लेख गर्दै उहाँले देशमा खनिजलगायतका प्राकृतिक स्रोतहरुको सदुपयोग गर्ने बातावरण बनीरहेको बताउनु भयो । साथै, देशमा राजनीतिक स्थीरता कायम भएकोले अनुकूल परिस्थिति निर्माण भएको समेत उहाँले बताउनु भयो । प्रधानमन्त्रीले भन्नु भयो, यी पक्षहरुका साथै अहिलेको सरकार तपाईंहरुको माग वमोजिम कानुनहरुमा आवश्यक सुधार गर्न तत्पर छ ।
स्वदेशी उधमी, व्यावसायीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताउँदै उहाँले पूँजी र प्रविधिका लागि विदेशी लगानीका लागि आहृवान गरिएको प्रष्ट पार्नु भयो । हामीलाई पनि फाइदा हुने र लगानी गर्ने विदेशीहरुलाई पनि फाइदा हुने अवस्था श्रृजना गर्दै सहकार्यको वातावरण बनाइने उहाँले बताउनु भयो । प्रधानमन्त्रीले भन्नु भयो, विदेशी लगानीकर्ताहरुलाई त नेपालमा लगानी गर्न आहृवान गरिदैं गरेको अवस्थामा स्वदेशी लगानीलाई त झन प्रोत्साहन नगर्ने कुरै भएन । उहाँले स्वदेशी लगानीको संरक्षण र सम्वद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
प्रधानमन्त्रीले भन्नु भयो, हामी हाम्रा उधमीहरुलाई ढुक्क हुनोस भन्न चाहन्छौ । कमाउनका लागि तपाईंहरुले अपारदर्शी काम केही गर्नु पर्दैन, पारदर्शी बन्नोस । अदृष्य ढंगले आएको स्रोत लुकाउन पनि गाह«ो देखाउन पनि गाह«ो हुन्छ । प्रधानमन्त्रीले वर्तमान सरकारको प्रयास शुसासन र विकासमा केन्द्रीत रहेको बताउनु भयो ।
प्रधानमन्त्रीले भन्नु भयो, अबको नेपाली समाज असन्तुष्टि प्रधान समाज होइन, आज समस्याहरु आए पनि समाधान गरेर अघि बढ्ने अनुकूलताहरु रहेका छन् । प्रधानमन्त्रीले अबको चार वर्षभित्र नेपालमा निरपेक्ष गरिवीको रेखामुनि कोही पनि रहने छैन भन्दै बताउनु भयो, देखिने गरी देशमा परिवर्तन हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.