मसालले सरकार लाई कमजोर गराउने खेल खेल्दैन’ खवरदारी गर्छ , मोहनविक्रम सिंह

 

बुटवल । बैशाख । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सरकार असफल हुँदै गएको बताउनुभएको छ । रिपोर्टर्स क्लवले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा महामन्त्री सिंहले भ्रष्टाचार रोकेर सुशासन कायम गर्न सरकार असफल भएको बताउनुभयो ।
सुशासनका कुरा गर्ने तर भ्रष्टाचारीलाई कारवाही नगरेको, निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न नसकेको र सिण्डीकेट खारेजीलाई व्यबहारमा कार्यान्वयन गर्नबाट सरकार चुकेको महामन्त्री सिंहको आरोप छ ।
सरकारले राष्टियताको मुद्धा पनि छाड्दै गएको दावी गर्दै महामन्त्री सिंहले नागरिकता विधेयक र गृहमन्त्रालयको सर्कुलरले राष्टियताको धज्जी उडाएको जिकिर गर्नुभयो । विप्लदोपले दोेधारे निती र सरकरको प्रतिबन्ध लाउनेकाम दुबैको गलत भएको बताउनु भयो । ठुला दुई पार्टि मिल्नु स्वागत योग्य रहेको पनि उहाले बताउनु भयो ।
सरकार कमजोर बन्दा गणतन्त्र विरोधी शक्तिहरुको चलखेल बढ्ने उल्लेख गर्दै उहाँले आफ्नो पार्टी सरकार परिवर्तनको पक्षमा नभएको पनि स्पष्ट पार्नुभयो । उहाले यो सरकारलाइ कमजोर बनाएर प्रतिगमन मा जान नसकिने गुण र दोषका आधारमा सर्मथन र विरोध गर्ने भन्दै महामन्त्री सिंहले संघीयता खारेजी गर्न समेत माग गर्नुभयो । उहाँले सरकारी जग्गा हडप्नेहरु र भूमाफियालाई कारवाही गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
यो सरकारलाई जनमुखीकाम गरेर समाजवाद उन्मुख गराउन समेत आग्रह गर्नु भयो । अर्धभूमिगत रहँदै आएका सिंहले दृश्य संकलन भने नगर्न आग्रह गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.