रेलप्रति सबैको उत्सुकता भैरहेको बेला तिलोत्तमा नपा र रोटरी क्लब अफ बुटवलको अगुवाईमा वनवाटिकामा बाल रेल सञ्चालनमा

 

रेलप्रति सबैको उत्सुकता भैरहेको बेला वनवाटिकामा सञ्चालमा
बुटवल वैशाख २७ । तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा बाल रेल सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाको सहयोगमा रोटरी क्लब अफ बुटवलको अगुवाईमा वनवाटिकामा बाल रेल सञ्चालनमा आएको हो ।
रेलको शुक्रबार आयोजित एक कार्यक्रमबीच रोटरी क्लवका डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराई र तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । मुलुकमा पूर्व—पश्चिम रेल निर्माणको चर्चा चलिरहँदा वनवाटिकामा बाल रेल सञ्चालनमा आएको हो । बाल रेल सञ्चालनले वनवाटिकाको आकर्षण बढ्न गई यहाँ आउने पर्यटकको संख्यामा वृद्धि हुने तिलोत्तमा नगर प्रमुख घिमिरेले बताउनुभयो । रेलप्रति सबैको उत्सुकता भैरहेको बेला वनवाटिकामा सञ्चालमा आएको बाल रेलले सबैलाई प्रभाव पार्ने उहाँको भनाइ छ ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले स्थानीय सरकार तथा वनवाटिकाको उत्साहका कारण बाल रेल सञ्चालनमा आउन संभव भएको जानकारी दिँदै यसलाई थप व्यवस्थित बनाइने बताउनुभयो । एक करोडको रेल परियोजना सञ्चालनमा ल्याउन रोटरी क्लवको ४५ लाख रुपैंयाँ खर्च भैसकेको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रममा रोटरी इन्टरनेशनल नेपाल भुटानका गर्भनर चिन्तामणि भट्टराई र तिलोत्तमा नगरपलिकाका प्रमुख बासुदेव घिमिरेले वनवाटिकाका अध्यक्ष बाबुराम अर्याललाई परियोजनाको साचो हस्तान्तरण गर्नुभयो । डिष्टिक गर्भनर भट्टराईले मानवीय सेवामा समर्पित भै रोटरीले बिभिन्न सहयोगका कार्यहरु गरेको जानकारी गराउँदै शंकरनगरमा बालबालिकाको बृहत्तर बिकासका लागि बालबालिका केन्द्रित कार्यहरु गरेको बताउनुभयो ।
उहाँले शहरमा बालबालिका खेल्ने रमाउने ठाउँ अभाव हुँदै गएकाले नै बालबालिकाको मनोविज्ञानमा असर पर्न नदिन रोटरीले बालबालिकालाई प्राथमिकतामा राखेको बताउनुभयो ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष डा. नारायण प्रसाद पन्थको सभापतित्व, सचिव दया भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा रोटरीका डिष्टिक एसिष्टेण्ट गर्भनर कृष्णप्रसाद अर्याल, क्लवका पूर्व अध्यक्ष निर्मल प्रसाद लाकौल, वनवाटिकाका अध्यक्ष बाबुराम अर्याल, सचिव खिमलाल पाण्डे, पत्रकार डायलसन अधिकारी लगायतले बोल्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.