जनताको जिवनमा गणतन्त्रको सार्थकता खोज्नुपर्ने, मुख्यमन्त्री शंकर पोखरेल

 

कार्यक्रमका तस्विर हरु सहित

 

बुटवल जेठ १५
अव हिंसाको वाटो जनताले अस्वीकार गर्छन,।
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले जनताको जिवनमा गणतन्त्रको सार्थता खोज्नुपर्ने बताउनु भएको छ , बाह्रौं गणतन्त्र दिवसको अवसरमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले गणतन्त्र लाई सार्थक बनाउन जनतालाई खुसि साख्नु पर्ने बताउनु भएको हो । मुख्यमन्त्री पोखरेलले समाजमा विभेद, अशिक्षा, गरिवि, पछौटे पन रहिरहे गणतन्त्रको सार्थक हुन नसक्ने लाइ भन्दै गणतन्त्र नेपाललाई समानता मुलक सम्वृद्ध राष्ट्रको रुपमा दुनियामा स्थापित गर्न चाएको पनि बताउनु भयो । उहाले आर्थिक सामाजिक रुपान्तरणमा जुट्न सवैलाई आग्रहगदंै
मुख्यमन्त्री पोखरेलले जनतामा आतंक र त्रासको राजनीति गरेर पैसा असुल्ने माध्यम नबनाउन हिंसारत पक्षलाई तेस्तालाइ अस्वीकार गर्न जनताला आग्रह गर्नु भएको हो ।
मुलुकले लामो समय हिंसा भोग्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरिसकेको भन्दै उनले अब हिंसाको राजनीति आवश्यक नभएको बताउनु भयो ।
जनताका बीचमा गएर विश्वास जित्न आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले जनताले दिए भने मुलुकको हरेक परिवर्तनको बाटो संविधानले नै खुला गरेको दाबी गर्नु भयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नं. ५ दुई अंकको आर्थिक वृद्धिदर प्राप्त गर्ने पहिलो प्रदेश बन्ने दाबी समेत गरे।
केन्द्र सरकारले यस वर्ष ५ नं. प्रदेशको आर्थिक वृद्धिद्धर ७ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको उल्लेख गर्दै उनले दुई अंकको आर्थिक वृद्धिदर पनि सबभन्दा पहिले ५ नं. प्रदेशले प्राप्त गर्ने र पाँच नं. प्रदेशबाटै मुलुक निर्माणको बाटो तय गरिने दाबी समेत गनुभयो । नेपाली जनताले लामो समयदेखि देख्दै आएको सपना दुई अंकको विकास दरलाई सबभन्दा पहिले हामीले प्राप्त गर्ने छौं,५ नं. प्रदेश बन्छ भन्नुको मतलब मुलुक बन्ने दावि गर्दै
यसअघि ३ देखि ४ प्रतिशतको हाराहारीमा रहेको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ६ प्रतिशतभन्दा माथि पुगेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकारले अलमलायो भन्ने मान्यताहरू गलत रहेको बताउनु भयो ।
बुटवल उपमहानगरपालिका र प्रदेश ५ सरकारको संयुक्त आयोजनामा आयोजित गणतन्त्र दिवस समारोहमा प्रदेश ५ का प्रमुख उमाकान्त झा, सभामुख पूर्णबहादुर घर्ती मगर प्रदेशका मन्त्रीहरूलगायत सर्वसाधारणको सहभागिता रहेको थियो।
समारोह अघि बुटवलको राजमार्ग चौराहबाट विभिन्न साँस्कृतिक झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.