पुष्प बहुउद्देश्यीय सहकारीमा शीपमुलक तालीम सुरु

सीपमूलक तालीम सुरु
बुटवल, जेठ २१ । श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शीपमुलक तालीम
सुरु गरेको छ । तालीमको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज
सुवेदीले उद्घाटन गरे । उद्घाटन गर्दै तालिमलाई उपलव्धी बनाउएर जिबनमा परीर्बतन ल्याउन आग्रह गरेका छन ् । नगरप्रमुख सुवेदीले इलम गरी रोजगार बन्न आवश्यक भएको बताए उनले सहकारी संग मिलेर यस क्षेत्रका नागरीक बेरोजगार बस्नु नपर्ने बताए । महिलाले प्रयोग गर्ने चुरापोते तयारी गरगहना मोतिको माला बनाउने लेडिज पर्स बनाउन जस्ता तालीम महिलाका लागी उपलब्धी देखिएकाले एस प्रकारको तालिम लाई निरन्तरता दिईको
अध्यक्ष चरण तिमल्सेनाले जानकारी दिए । उनले तालिम आगामि दिनमा समेत आफ्ना सेयर सदस्य हरुलाई प्रदान गरीने बताए ।कार्यक्रममा सल्तलाकार उमाकान्त बस्याल प्रशिक्षक दुर्गा थापा क्षेत्री लगायत ले बोलेका थीय । १५
दिने तालीममा २० जनाको सहभागिता रहेको छ । तालीमको प्रशिक्षण दुर्गा
थापाले गरेकी छिन् । विष्णु खत्रीको स्वागत तथा कल्पना थापाको सञ्चालनमा
कार्यक्रम भएको थियो । सहकारीले यस प्रकारका सोरोजगार मुलक तालिम विगत देखीनै निरन्तर दिदै आएको र यसप्रकारका तालिम बाट आप्mना सेयर सदस्यहरु स्वरोजगार बनेको ब्यवस्थापक सरस्वति न्यौपानेले जानाकारी दिईन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.