एनएमबी बैंक द्धारा वनबिहार तथा अनुसन्धान केन्द्रमा वृक्षारोपण

तिलोत्तमा ।
एनएमबी बैंक लिमिटेड प्रदेश नम्बर पाँच कार्यालयले विश्व वातावरण दिवसको अवसर पारेर आज शंकरनगर वनबिहारा तथा अनुसन्धान केन्द्रमा वृक्षारोपण गरेको छ ।
वृक्षारोपण गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डेले वातावरण संरक्षण गर्ने दायित्व सबैको भएको बताउनु भयो । उहाले तिलोत्तमा नगरपालिकाले पनि वातावरण संरक्षण गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर २ का अध्यक्ष दधिराम गौतमले वैंकले वातावरण संरक्षणमा थालेको अभियानको प्रशंसा गर्नुभयो । बैंकले वनबाटिकामा विभिन्न हरियाली गराउने १ सय ५० विरुवा रोपेको छ । एनएमबी बैंक मणिग्राम शाखाका प्रबन्धक युवराज पाठकले विभिन्न समयमा वातावरण संरक्षणका कार्यक्रम गर्दै आएको बताउनु भयो । बैंकका प्रदेश ऋण प्रबन्धक कमल न्यौपाने हेरिटेज पेन्टिङ जस्ता कार्यक्रम पनि गर्दै आएको बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.