काँग्रेसको जागरण सभामा सहभागि हुन अपिल

 

दाङ २२ जेठ
नेपाली काँग्रेसको बृहत् जनजागरण अभियान अन्तर्गत जेठ २५ गते घोराही मा आयोजना हुने जगरण सभामा उपस्थित हुन नेता तथा कार्यकर्ता एवं आम जनसमुदायलाइ आग्रह गरेको छ ।
नेपाली काँग्रेस त्रिपुर नगर समितिको आज बसेको बैठकले यस्तो निर्णय गर्दै बर्तमान परिस्थितीमा काँग्रेस को जागरण अभियान उचित समयमा भएको भन्दै त्रिपुर नगरसमितिका सभापति दिपक पाण्डेले उक्त शभामा सहभागिताका लागि आह्वान गर्नुभएको हो ।
नेपाली काँग्रेस त्रिपुर नगरसमितिका सभापति दिपक पाण्डेको सभाअध्यक्षता एव) महाधिबेसन प्रतिनिधी÷महासमिति सदस्य टेक बहादुर डाँगिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यसमितिको बैठकले त्रिपुर क्षेत्रबाट २५ गते को र्याली ता शभामा बृहत् उपस्थिती जनाउने निर्णय समेत गरेको छ ।
बैठकले नियम बिपरित उपभोक्ताबाट सम्पन्न गर्नुपर्नैकाम ठेकेदार मार्फत गराउने गरेको , आफ्ना कार्यकर्ताहरु पोष्नका लागि फिलिङ्गको काम उपभोक्ताबाट र पिचको काम ठेकेदारबाट गराउनेगरेको तर्फ गम्भिर ध्यानाकर्षण भएको निर्णय गर्दै उपमहानगरपालिका लाई सचेत गराउने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले घोराही उपमहानगरपालिका वडा नं १० निबासी प्रजातन्त्र सेनानी कृष्ण कुमार आचार्य (८९), वडा नं ११ का सकृय सदस्य कुईरा थारु (७३), वडा नं १२ पेदाका कृयासील सदस्य नारायण पोख्रे, (३६) र वडा नं १० चारबयिया निबासी शिक्षक संघ सल्यानका सदस्य महेश न्यौपानेको ममतामयी आमा युगमाया न्यौपाने (७८) को असामयीक निधन प्रति हार्दिक श्रद्धान्जली समेत दिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.