कल्पना गरेको परिर्वन यो पाच बर्षमा पनि हुन सक्दैन , खेलकूदबाट मुलुकलाई चिनाउन जरुरी छः थापा

बुटवल, जेठ २५ । नेकपा स्थायी कमिटी मणि थापाले हामिले कल्पना गरेको परिर्वन यो पाच बर्षमा पनि हुन नसक्ने बताएका छन् । उनले बिकास को गति अगाडी बढेको छ तर केही बेरमै चमत्कार हुन नसक्ने बताए । लेता थापाले खेलकूदको माध्यामबाट मुलुकलाई चिनाउनुपर्ने बताएका छन् । खेलकूद राष्ट्रको महत्वपूर्ण विधा रहेको भन्दै खेलबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताए । मदन भण्डारी स्पोर्टर्स एकेडेमी बुटवल उपमहानगर कमिटीको तेस्रो अधिवेशनको उद्घाटन गर्दै थापाले भने, पाकिस्तानका प्रधानमन्त्री खेलकूदबाटै राजनीतिमा आएका हुन । खेलकूदबाट पनि मानिस राजनीतिमा प्रवेश गर्न सक्छ । त्यसैले खेलकूदको विकास आवश्यक छ ।’ थापाले राजनीति, खेलकूद र जनता एक आपसका परिपूरक जस्तै भएको बताए । उनले भने, ‘फुटबल मेसी आवश्यक भएजस्तै राजनीतिमा पनि मेसीको खाचो छ । त्यो खेलकूदबाट पनि आउन सक्छ ।’ उनले नेकपाको एकता टुङ्गाउन नेताहरु लागी परेको पनि बताए । कार्यक्रममा नेकपाका नेताहरु वल वहादुर आर्चाय ,थानकुमारी थापा,धुर्ब आर्चाय मेघराज भट्राई कला साहित्य प्रतिष्ठानका अध्यक्ष अजित खनाल, जलिल मिया ,समुन्द्र , श्रेष्ठ लगाएत ले बोल्दै खेलको नियम बाट राजनैतिक बिचार बनाउने र खेलबाटै मुलुकको सम्बृद्धी हासील गर्न र खेललाई ब्यबसायिक बनाउन आग्रह गरेका छन । मदन भण्डारी को बिचार र खेलको माध्यम बाट युवाहरुलाई सहिबाटोमा हिडाउने उद्ेश्यले मदन भण्डारी स्पोर्टर्स एकेडेमीको जन्म भएको भन्दै राखेपमा भएका विकृति विसङगति लाई हटाउने पनि बताएका छन् । राखेपले खेलाडी बिभेद गरेको आरोप लगाए । कार्यक्रममा एकडेमिलाई सहोग गर्ने हरुलाई सम्मान गरीएको थियो । कार्यक्रम अध्यक्ष बिकासजंङ बस्नेतको अध्यक्षता सचिब नव सुजित भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.