पूर्वलडाकु निर्मला थलिएपछि उनका पतिले अर्को विहे मात्रै गरेनन् लडाकुले पाउने रकम समेत लगे

केशव भण्डारी

पूर्वलडाकु निर्मलालाई बुटवल ल्याइयो
बुटवल । देश र जनताको मुक्तिका लागि भन्दै बन्दूक बोकेर युद्द मैदानमा उत्रेको मान्छे यति छिट्टै आफ्नै जीवनसँग संघर्ष गर्नु गर्नुपर्ला भनेर निर्मला विक ‘साधना’ले कहिल्यै सोचेकी थिइनन् होला । घरपरिवार छोडिन,आफ्ना खुसी विर्सिन र मुक्तिका लागि भन्दै जनयुद्दमा होमिइन् । जसका लागि बन्दूक बोकिन उनले, त्यही पार्टी हण्डर ठक्कर खाँदै, अरुलाई मिसाउँदै र आफू मिसिँदै अहिले सत्तामा पुगेको छ । तर पूर्वलडाकु ३२वर्षीया निर्मला ‘साधना’ जीवनसँग हण्डर ठक्कर खाँदै बाँचेकी छन् । आज निर्मलाको अबस्था देख्दा धेरैले जनयुद्द सम्झन्छन र निर्मलाको पिडामा साहनुभूति व्यक्त गर्छन् । कतिले सहयोग पनि गर्छन् । अर्धचेत अबस्था र बाख्रारकुखुरासँगैगोठमासुताइदै आएको खबर सार्वजनिक भएपछि तीनै निर्मलालाइ अहिले बुटवल ल्याइएको छ । बुटवलको मानवसेवा आश्रममा ल्याइएकी निर्मला अर्थात ‘साधना’ को जनयुद्दपछिको जीवन हृदयविदारक छ । रोल्पा,जिल्लात्रिवेणी,गाउँपालिका,५जगारजबरबोटकी निर्मलाआठवर्षअगाडिरोगलेथलिएकी हुन ।दुखीलाई अझ दुख भनेझै चार बर्ष अघिघरमा एक्लै भएको बेला आगोमा परेर निर्मलाकादुवैखुट्टाजलेकाथिए ।
निर्मला उपचारखर्चकोअभावमा अहिले उनीमृत्युसँगसंघर्षगरिरहेकीछन्।परिवारका सदस्यले उनलाई छारेरोगलागेकोभनेर उपचार गरेपनितीनवर्षयताकेहीथाहानपाउने अवस्थामा पुगेको बताउँछन ।
गरिव परिवारसँग अस्पताल लैजानेपैसाथिएन।जसोजसो झारफुक र घरेलु ओखती तथा भारत लगेर समेत सक्दोउपचार त भयो तर उनलाई पुरै निको भएन । युद्द मैदानमा हाँसीहासी मर्न तयार भएर होमिएकी निर्मला आज आफैलाई जित्न सकिरहेकी छैनन् ।
उनको ८ बर्षका छोरा समेत छन् । माओवादीसेनामै हुँदाबिहेगरेकी निर्मला विरामी परेर थलिएपछि उनका पतिले अर्को विहे गरेर अलग्गै बस्छन् । उनलाई संगै बाच्ने संगै मर्ने बाचा गरेका आफ्नै श्रीमानले समेत ढोका दिएका छन् । उनले लडाकु भएकोबेला पाएको पैसा समेत श्रीमानले लगेको उनलाई नजिक बाट चिन्ने हरुले बताएका छन् ।
। निर्मलाको पार्टीका नेताहरु सत्तामा बस्छन् । तर निर्मला बल्लतल्ल मिडिया मार्फत जानकारी पाएर मानवसेवा आश्रमसम्म,आइपुगेकी,छन्,। उनलाई लालन पालन उपचार गर्ने भनेर आश्रममा त ल्याई एको छ तर बिशुद्ध नेपालि समाजको सहयोग बाट चलेकोमानव सेवा आश्रम मा ४४ जना वर्तमसहयोगापेक्षि हरु रहेका छन् । ,यसको न उपराष्ट्रपति तथातत्कालीनमाओवादीसेनाका सैन्यकमान्डरनन्दबहादुरपुनपासाङ बाटलडाकुसम्बधी तालिमपाएर लडाईँमा होमिएकी निर्मलाको गृहजिल्लाबाटै अहिलेको सत्ता र शक्तिमा धेरै नेता छन् । के उनको उपचारमा सरकारले ध्यान देला ?

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.