काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रर्दशन,

बुटवल,असार ४ । गुठी विधेयकको विरोधमा पूर्व निर्धारित कार्यक्रम अनुसार काठमाडौंको माइतीघर मण्डलामा बुधवार विशाल प्रर्दशन भएको छ ।
सरकारले विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको हो ।
चर्को गर्मीको पर्वाह नगरि हजारौंले माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन ।
विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्याली माइतीघर जम्मा भएका थिए । प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाएका थिए ।
गुठियार तथा नेवा देयस् दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै प्रदर्शन गरिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै मंगलबार विधेयक फिर्ता लिएकी थिइन्।
तर प्रर्दशनकारीले विधेयक खारेजीको माग गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.