तिलोत्तमा असार ६
विधालय लाई हरीयालि बनाउनु पर्नेमा एक कार्यक्रमका बक्ता हरुले जोड दिएका छन् । उनिहरुले बिधालयलाई बातावरणमैत्री बनाउनुका साथै विधार्थि हरुलाई वातावरण संरक्षण संम्बन्धी ब्यवहारी ज्ञान दिनसके मात्र विधालय र समाजलाई हरीयाली बनाउन सकिने बताएका छन् । तिलोत्तमाको ड्रईभरटोको द एस आर होटलमा विद्यालय बाताबरण संरक्षण शिक्षा संजाल नेपाल द्धारा आयोजित ह्रित विधालय निर्देशिका कार्यन्वयन र वातावरणमैत्री स्थानिय पाठ्यक्रम सम्बन्ध िअन्तरक्रिया कार्यक्रममा बोल्दै हरीत विद्यालय बनाउन बाताबरण जोगाउन सबैको सहकार्य हुनु पर्ने मा जोड दिएका हुन । मानविय कारणले बाताबरणमा गम्भिर असर परेको र जलबायु परिबर्तन हुनका साथै तापमान बढ्दै गएको अबस्थमामा बाताबरण सन्तुलित राख्न पनि ह्रित विधालय निर्देशिका कार्यन्वयन गर्नुको विकल्प नभएको त्यसकालागी वातावरणमैत्री स्थानिय पाठ्यक्रम निमार्ण गरेर लागु गर्नु पर्ने पनि बताएका छन् । कार्यक्रममा बोल्दै प्रदेश ५का सभासद् कुल प्रसाद प्रोखरेल ले विद्यालय स्तरबाटै संरक्षणको अभियान चालिनु महत्व पुर्ण भएको बताउदै सबैले यो अभियान लाई सफल बनाउन लाग्नु पर्ने बताउनु भयो । उहाले ह्रित विधालय निर्देशिका प्रभावकारी ढंगले कार्यन्वयनमा जुट्न सवैलाई आग्रह गर्नु भयो । सभासद प्रोखरेल ले सेन्स नेपालले चलाएको अभियान ले बाताबरण संरक्षणमा ठुलो योगदान पुराएको भन्दै आफ्नो तहबाट यो अभियान लाई सफल बनाउन लाग्ने बताउनु भयो । कार्यक्रममा प्रदेश पाँच का शिक्षा विभाग निर्देशक मनोज गैरे ले निर्देशिका बन्नु मात्र डुलोकुरा नभएको र यसको कार्यन्वयन प्रमुखकुरा रहेको बताउदै निर्देसिका अनुरुप आफ्नो तहको समिति बनाउन पहल गर्ने बताउनु भयो । उहाँले अभैmपनि संघिय , प्रदेश र स्थानिय सरकारको साझा अधिकार को विषय नटुङगीयकोले कस्को अधिकार कति भन्ने तुङगोे नलागेको बताउनु भयो । उहाँले स्थानिय प्रदेश र केन्द्रिय सरकारले आआफ्नो भमिका निर्वाहा गरे यसको कार्यन्वयनमा समस्या नरहने बताउनु भयो । तिलोत्तमा नगरपालिका का कार्यवहाक प्रमुख जागेश्वरी चौधरीले तिलोत्तमा नगरपलीका भित्रका विधालय मात्र नभएर सिङगो नगरपालिकालाई नै बातावरणमैत्री हरीयाली सहर बनाउने अभियान सुरु गरीसकिएको बताउनु भयो । उहाले नगरपलिकाले अगिल्लो बषृ मात्रै २७ हजार बिरुवा रोपिएको र आगामी बर्ष लाई कस्लाई कति बिरुवा चाहिने हो वा लगाउने हो भनेर वडा वडा बाट डाटा संकलन सुरु गरीएको बताउनु भयो । उहाँले बिद्यालयमा बगैचा निर्माणकालागी बजेट नै दिईएको पनि बताउनु भयो । कार्यक्रममा सेन्स नेपालका अध्यक्ष दिनेश चन्द्रगौतम ले यो अभियाको जिम्मा तिनैतहका सरकार हरुले लिनुपनेृ बताउदै निर्देशिका कार्यन्वयन स्थानिय सरकारले गराउदा प्रभाकारी हुने बतउनु भयो । स्थानिय पाठ्यक्रम निर्माण गर्दा ह्रित विधालय निर्देशिका कार्यन्वयन गर्ने गरी वातावरणमैत्री पाठ्यक्रम निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।कार्यन्वयनको कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा इकाइ प्रमुख गंगाराम आर्चाय घनश्याम भुसाल लक्ष्मण ज्ञवालि टिकाराम पन्थी भेषराज पोखरेल पत्रकार कृष्ण मल्ल घनश्याम पाठक लगायत ले बोल्दै यो अभियान सफल बनाउन गाग्नु पर्ने बताउनु भयो । कार्यक्रम सेन्स नेपालका अध्यक्ष दिनेश चन्द्र गौतम को अध्यक्षता उपााध्यक्ष भेषराज प्रोखरेको स्वागत तथा महासचिब बासु भट्राई को संचालनमा कार्यक्रम संपन्न भएको थियो ।